• होमपेज
  • वाणिज्य बैंक
  • एनएमबि बैंकको नाफा साढे ४७ प्रतिशतले बृद्धि

एनएमबि बैंकको नाफा साढे ४७ प्रतिशतले बृद्धि

  • बिहिबार, माघ १५, २०७७
एनएमबि बैंकको नाफा साढे ४७ प्रतिशतले बृद्धि

एनएमबि बैंकले चालु बर्षको दोस्रो त्रैमासमा १ अर्ब ६१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकको यो नाफा पोहोर ६ महिनाको तुलनामा साढे ४७ प्रतिशतले बढि हो।

बैंकले वितरण योग्य नाफा १ अर्ब ५१ करोड रुपैयाँ गरेको छ।

बैंकको कूल निक्षेप १ खर्ब ४९ अर्ब र कूल कर्जा सापट १ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। बैंकले चालु बर्षको पहिलो ५ महिनामा निक्षेपमा १४ अर्ब ६१ करोड र कर्जा तथा सापटमा २१ अर्ब ८८ करोड रुपैयाँले बृद्धि गर्न सफल भएको छ।

वाणिज्य बैंकहरुको समूहमा एनएमबिको २०७७ असार मसान्तमा रहेको बजार हिस्सा निक्षेप तर्फ ३.८६ प्रतिशतबाट वृद्धि भई पुसमा ३.९५ प्रतिशत र कर्जातर्फ ४.१९ प्रतिशतबाट वृद्धि भई ४.४३ प्रतिशत पुगेको छ।

निक्षेपमा भएको बृद्धिमा बचत निक्षेपको हिस्सा ६५ प्रतिशत रहेको छ। कर्जा तथा सापट बृद्धि हुनुमा मुख्यतः कृषि, उर्जा, साना तथा मझौला कर्जा आदिको योगदान रहेको बैंकले जनाएको छ। बैंकले पुस मसान्त सम्ममा कूल ३ हजार २३७ जना ग्राहकहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ।

पुस मसान्तसम्ममा बैंकको पुँजी कोष अनुपात १३.६८ प्रतिशत रहेको छ भने निष्किृय कर्जाको अनुपात २.३८ प्रतिशत छ। एनएमबि बैंक विगत ४ वर्षमा ३ पटक “द बैंक अफ दि इयर” बाट सम्मानित भएको छ

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा