• होमपेज
  • देश
  • नेशनल लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयर पारित

नेशनल लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयर पारित

  • बिहिबार, माघ १५, २०७७
नेशनल लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयर पारित

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३२औं बार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर पारित गरेको छ।

सभाले कर प्रयोजनका लागि एक करोड ६२ लाख २४ हजार रुपैयाँ बराबरको नगद लाभांशसमेत पारित गरेकोछ ।

सञ्चालक समिति अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा भएको साधारणसभामा उनले बार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। उनले कुल बीमा शुल्क संकलन गत बर्षको तुलनामा करिव २५ प्रतिशतले बृद्धि भइर ८ अर्ब ५ करोड रुपैयाँ पुगेको बताइन्।

कम्पनीले ३५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। आर्थिक बर्ष २०७५/२०७६ को अन्त्यसम्ममा कम्पनीको कुल लगानी २८ प्रतिशतले बृद्धि भइर २६ अर्ब ८१ करोड रुपैयाँ पुगेको र बीमा कोष गत बर्षको तुलनामा २५ प्रतिशतले बढेर २६ अर्ब ९२ करोड पुगेको सिंहले जानकारी दिइन्। कम्पनीले २ अर्ब ६९ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ।

चालु बर्षको बोनससमेत गरेर कुल चुक्ता पुँजी ३ अर्ब ३९ करोड नाघेको छ। कम्पनीले २५ वटा नयाँ शाखा खोल्न स्वीकृति पाएर संख्या ९९ पुगेको छ

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने