• होमपेज
  • अर्थ/वाणिज्य
  • अहिलसम्मकै ठूलो आइपिओले निष्कासन अनुमति पायो

अहिलसम्मकै ठूलो आइपिओले निष्कासन अनुमति पायो

  • बिहिबार, मंसिर ४, २०७७
अहिलसम्मकै ठूलो आइपिओले निष्कासन अनुमति पायो

नेपालको अहिलेसम्मकै ठूलो प्राथमिक शेयर (आइपिओ) आउने भएको छ । बुधबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वार्षिक साधारणसभाले ८ अर्ब रुपैयाँ बराबरको प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने अनुमति दिएको हो ।

उक्त प्रस्ताव पारित भएसँगै नेपालमा हालसम्म निष्कासन भएका आइपिओमध्ये सबैभन्दा ठूलो आईपीओ हुने छ ।  यो आर्थिक वर्षभित्र नेपालकै एकमात्र पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक हो ।

बैंकले पूर्वाधार विकासका आयोजनामा लगानी गर्ने उद्देश्य लिएर स्थापना भएको यस बैंकले अहिलेसम्म ८ अर्ब ८५ करोड बराबरको कर्जा लगानी गरेको छ । गत माघ २८ गते नेपाल राष्ट्रबैंकबाट इजाजत पाएको यो बैंकले एक भव्य समारोहको आयोजना गरी कारोबार थालेको हो ।

४० अर्ब रुपैयाँ अधिकृतपूँजी र २० अर्ब रुपैयाँ जारी पूँजी रहेको यस बैंकमा नेपाल सरकारको १० प्रतिशत, पब्लिक लिमीटेड कम्पनीहरुको करिब ४० प्रतिशत, निजी लगानीकर्ताहरुको करिब १० र बाँकी ४० प्रतिशत शेयर  सर्वसाधारणका लागि छुट्याइएको छ ।

बैंकले सर्वसधारणबाट उठाउन पर्ने  ८ अर्ब बराबरकै आइपीओ जारी गरी सर्वसाधारणलाई समेत यो बैंकमा लगानीकर्ताको रुपमा भित्र्याउने बैंकको योजना अनुसार आईपीओ जारी गर्न लागेको हो  ।

सार्वजनिक तथा निजी साझेदारीमा स्थापना भएको यस बैंकले अन्तर्राष्ट्रिय, सार्वजनिक तथा निजी क्षेत्रहरुसँग सहकार्य गरी नेपालको पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिन यस बैंकले ऋणदाताको रुपमा काम गर्ने उद्देश्य रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि