• होमपेज
  • अर्थ/वाणिज्य
  • सेञ्चुरी बैंकको मुनाफा २२ करोड

सेञ्चुरी बैंकको मुनाफा २२ करोड

  • शुक्रबार, कार्तिक २८, २०७७
सेञ्चुरी बैंकको मुनाफा २२ करोड

सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले २२ करोड २ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको देखिएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ करोड ५ लाख रुपैयाँ कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३७ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै खुद नाफा घट्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ११ करोड ६१ लाख ६१ हजार रुपैयाँ ऋणात्मक रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११ करोड २० लाख रुपैयाँ घटेर ६६ करोड ८४ लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा २१ करोड ३५ लाख रुपैयाँ घटेर ३० करोड ७६ लाख रुपैयाँमा झरेको छ। ८ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ८९ करोड ४० लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा ५६ करोड ५९ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको जगेडा कोषमा १ अर्ब ५३ करोड र रिटेन्ड अर्निङ्गमा ६८ करोड २१ लाख रुपैयाँ थियो।

बैंकको पछिल्लो तीन महिनामा निक्षेप ६५ अर्ब ३४ करोड रुपैयाँबाट बढेर ७९ अर्ब २० करोड रुपैयाँ पुगेको छ भने कर्जा ५८ अर्ब ४ करोडबाट बढेर ६३ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि