• होमपेज
  • अर्थ/वाणिज्य
  • मेगा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो

मेगा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो

  • शुक्रबार, कार्तिक २८, २०७७
मेगा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो

मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ३८ प्रतिशतले बढाएको वित्तीय विवरण सार्वजानिक गरेको छ। चालु आर्थिक वर्षको तीन महिनामा बैंकले ६० करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। याे गत आर्थिक वर्षको तुलनामा ३८.९७ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। साे अवधिसम्ममा बैंककाे वितरण याेग्य मुनाफा ५ कराेड ५६ लाख ६२ हजार रूपैयाँ रहेकाे छ।

पहिलाे त्रैमासमा बैंककाे वितरणयाेग्य नाफा ५ कराेड ५६ लाख रूपैयाँ छ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढ्दा खुद नाफा बढेको हो। पहिलो त्रैमासमा बैंकले १ अर्ब ३३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको तुलनामा झण्डै २८ करोड रुपैयाँले धेरै हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

त्यस्तै बैंकको अन्य सञ्चालन आम्दानी पनि २ करोड ५२ लाख रुपैयाँबाट बढेर ४ करोड ८५ लाख रुपैयाँ पुगेको छ। पहिलो त्रैमासमा बैंकले ८८ करोड ३४ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ। गत आर्थिक वर्ष यस्तो नाफा ६२ करोड ९६ लाख थियो।

बैंकको निक्षेप संकलन १ खर्ब २७ अर्ब ८९ करोड रुपैयाँबाट बढेर १ खर्ब २९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी १ खर्ब १० अर्ब रुपैयाँबाट बढेर १ खर्ब १७ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ।

काेरोना माहामारीकै विचमा पनि बैंकले खराब कर्जामा नियन्त्रण गर्दै लगेको देखिन्छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १.४२ प्रतिशत रहेको खराब कर्जा घटाएर १.०१ प्रतिशतमा झारेको छ।

हाल १३ अर्ब १३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ९९ करोड रुपैयाँ छ। गत वर्ष ३ अर्ब ४३ करोड जगेडा रहेकोमा यस वर्ष जगेडा कोष घटेको छ।

विवरण अनुसार हाल बैंकको पूँजीकोष अनुपात १२.७९ प्रतिशत रहेको छ भने कोषको लागत ६.१८ प्रतिशत, आधार दर ८ प्रतिशत, सिसिडि रेशियो ८०.७८ प्रतिशत र स्प्रेड दर ४.३८ प्रतिशत रहेको छ।

बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४८ पैसाबाट बढेर १८ रुपैयाँ २१ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ४८ पैसा र मूल्य आम्दानी अनुपात १२.६३ गुणा रहेको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि