• होमपेज
  • बीमा
  • अजोड इन्स्योरेन्सको नाफा ५ करोड ३० लाख

अजोड इन्स्योरेन्सको नाफा ५ करोड ३० लाख

  • शुक्रबार, कार्तिक २८, २०७७
अजोड इन्स्योरेन्सको नाफा ५ करोड ३० लाख

अजोड इन्स्योरेन्स कम्पनीले आक्रामक छलाङ मारेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमै ५ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो । जबकी गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा कम्पनीको नाफा जम्मा ७७ लाख रुपैयाँ मात्रै थियो ।

अजोडले एक वर्षको अवधीमै आफ्नो नाफामा ६८ हजार ७ सय ३१ प्रतिशतले नाफा बढाउन सफल भएको देखिन्छ । एक अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको बीमा कोषमा ८ करोड र जगेडा कोषमा ६ करोड रुपैयाँ रहेको छ । नयाँ निर्जीवन बीमा कम्पनीहरुमध्ये सबै भन्दा पहिले आइपीओ जारी गरेको अजोडको सेयर अहिले दोश्रो बजारमा खरिद बिक्रि भैरहेको छ ।

कम्पनीले ३५ हजार ९ सय ५२ वटा बीमा लेख मार्फत ३३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिन्छ ।  अजोडले ५ सय ९५ वटा दावी वापत ६ करोड १९ लाख रुपैयाँ भुक्तानी दिएको छ । अजोडको प्रति सेयर आम्दानी भने ५.३० रुपैयाँ छ । त्यस्तै प्रति सेयर नेटवर्थ ११६.७२ रुपैयाँ रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि