• होमपेज
  • रेमिटेन्स
  • सटी एक्सप्रेस मनी ट्रान्सफर र हङकङको Wirease Remittance बिच रेमिटान्स कारोबार सुरु

सटी एक्सप्रेस मनी ट्रान्सफर र हङकङको Wirease Remittance बिच रेमिटान्स कारोबार सुरु

  • सोमवार, कार्तिक २४, २०७७
सटी एक्सप्रेस मनी ट्रान्सफर र हङकङको Wirease Remittance बिच रेमिटान्स कारोबार सुरु

हङकङको ख्यातिप्राप्त Wirease Remittance र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ । हङकङमा रहनुभएका नेपालीहरुले Wirease Remittance को सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नु हुनेछ र नेपालमा सिटी एक्सप्रेससंग आबद्ध १०,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने, नेपालको जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र Wirease Remittance को तर्फबाट निर्देशक ऋतु त्रिपाठीले हस्ताक्षर गर्नु भएको छ । यही नोभेम्बर ३० तारिक सम्म Wirease Remittance बाट सिटी एक्सप्रेस मार्फत गरिने बैंकिङ्ग कारोबार निःशुल्क गरिएको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार