• होमपेज
  • समाचार
  • टेकु अस्पतालले कोरोना संक्रमितसँग धरौटी लिने निर्णय फिर्ता लियो

टेकु अस्पतालले कोरोना संक्रमितसँग धरौटी लिने निर्णय फिर्ता लियो

  • सोमवार, कार्तिक १७, २०७७
टेकु अस्पतालले कोरोना संक्रमितसँग धरौटी लिने निर्णय फिर्ता लियो

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोना संक्रमितको उपचार गर्न धरौटी राख्ने निर्णय फिर्ता लिएको छ । स्वास्थ्य मन्त्रालयको निर्देशनपछि टेकु अस्पतालले शुल्क तिर्न नसक्ने कोरोना संक्रमितसँग भर्ना हुनुअघि धरौटी रकम नलिने जनाएको हो ।

अस्पतालले सोमबार एक विज्ञप्तिमार्फत स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार शुल्क तिर्न नसक्ने बिरामीहरुले भर्ना हुँदा धरौटी रकम बुझाउनु नपर्ने प्रावधान कार्यन्वयन गर्ने जनाएको हो । अस्पतालले सोमबार देखि नै सबै वार्ड र काउण्टरलाई पत्राचार गरि धरौटी रकम नलिन निर्देशन दिइएको अस्पतालका निर्देशक डाक्टर सागर कुमार राजभण्डारीले विज्ञप्ति माफर्त जानकारी दिएका छन् ।

अस्पतालले धरौटी अभावमा हालसम्म बिरामीलाई उपचार सेवा पाउनबाट बञ्चित नगराइएको पनि स्पष्ट पारेको छ । यस्तै स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार शुल्क तिर्न सक्ने बिरामीले शुल्क तिर्ने र नसक्ने बिरामीहरुको निशुल्क उपचार गर्ने पनि अस्पतालले जनाएको छ ।

शुक्रराज अस्पतालमा भर्ना हुने विपन्न, ७० वर्ष माथिका ज्येष्ठ नागरिक, अति अपाङ्गता, अशक्त एकल महिला, असाहाय, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,सरसफाई कर्मचारीको भने निशुल्क उपचार हुने जनाइएको छ ।

अस्पतालमा भर्ना हुने कोरोना संक्रमितलाई खाना, औषधी तथा ल्याव र अन्य उपलब्ध परीक्षणहरु निशुल्क गरिने व्यवस्था कायमै रहेको अस्पतालले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)