• होमपेज
  • बीमा
  • १३ लाख मृत्युदाबी भुक्तानी

१३ लाख मृत्युदाबी भुक्तानी

  • बुधबार, कार्तिक ५, २०७७
१३ लाख मृत्युदाबी भुक्तानी

एलआईसी बीमा कम्पनी बागलुङले मृत्युदाबी रकम भुक्तानी गरेको छ । गत साउन ९ गते बागलुङ नगरपालिका—१ स्थित रामरेखा सामुदायिक वनमा खसेको सुख्खा पहिरामा पुरिएर वेपत्ता भएका नेत्रबहादुर पुनको परिवारलाई जीवन बीमा बापत रु.१३ लाख ५२० हस्तान्तरण गरिएको एलआईसी बागलुङ शाखाले जनाएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका—५ घर भई बागलुङ नगरपालिका—४ उपल्लाचौर बस्दै आएका पुन पहिरामा परी वेपत्ता हुनुभएको थियो ।

पहिरामा वेपत्ता पुनको शव हालसम्म नभेटिएकाले दाबी भुक्तानी गर्न ढिलाई भएकोे एलआईसीका मार्केटिङ म्यानेजर अर्जुन घिमिरेले जानकारी दिनुभयो । घिमिरेले भन्नुभयो “सरकारी कार्यालयले मृत्यु सरहको राहत रकम उपलव्ध गराई मृत्यु दर्ता समेत गरेपछि हामीले मृत्युदाबी भुक्तानी दिएका हौं ।” उक्त रकम पुनकी धर्मपत्नी कल्पना थापामगरलाई हस्तान्तरण गरियो । पुनले दुई वर्ष अगाडि मात्रै ६ लाख १० हजारको जीवन आनन्द बीमा पोलिसी खरिद गर्नुभएको थियो । उहाँले दुई वर्षको ९४ हजार २०४ मात्र बीमा बापतको रकम कम्पनीलाई बुझाउनुभएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा