• होमपेज
  • विचित्र संसार
  • बिरालालाई सुरक्षागार्डको जागिर

बिरालालाई सुरक्षागार्डको जागिर

  • सोमवार, अशोज ५, २०७७
बिरालालाई सुरक्षागार्डको जागिर

कोरोनाको महामारीले विश्वभर १ खर्बभन्दा बढी मानिस बेरोजगार भएको तथ्यांकहरु सार्वजनिक भइरहेको छ । यसबेला मानिस रोजगारीको खोजीमा छन् । तर मानिसले खाने जागिर कुनै बिरालोलाई दिइयो भन्दा पत्याउनु हुन्छ ? त्यो पनि सुरक्षाको जिम्मेवारी ।

अस्ट्रेलियाको रिचमण्ड शहरको एपवर्थ हस्पिटलमा एक बिरालोलाई सुरक्षागार्डको जिम्मेवारी दिइएको छ । शहरको एक आवारा बिरालोलाई शहरको सेक्युरीटी टिमले कर्मचारी नियुक्त गरेको हो । सुरक्षागार्डको जागिर पाउने बिरालोको नाम एलवुड हो ।

मानिसको जागिर त्यसमा पनि सुरक्षाको जिम्मेवारी सहितको जागिर बिरालोले पाउनु आफैमा अचम्मको घटना हो । यस घटनाको अर्को रोचक पक्ष के छ भने बिरालोलाई तलब दिदा उसले लिदैन । साथैसुरक्षा टिमले बिना तलब बिरालोलाई जागिरमा राख्न चाहेन । त्यसैले बिरालोको तलब बराबरको रकमले खानपिन र देखभालको व्यवस्था गरिएको छ । यतिमात्र होइन बिरालोलाई एक परिचय पत्रको समेत ब्यवस्था गरिएको छ ।

परिचय पत्रमा बिरालोको नाम, फोटो र पद लेखिएको छ । उसको जिम्मेवारीमा असपतालको मुख्य गेटमा बसेर भित्रबाहिर गर्ने मानिसको निरीक्षण गर्नु रहेको छ । बिरालोलाई जागिर दिएको प्रसंगबारे अस्पताल प्रशासनले १ बर्षभन्दा बढि समयदेखि मुख्य द्वारमा बसेर सेक्युरिटी सरहको काम गरेकोले जागिरमा राखिएको हो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा