• होमपेज
  • समाचार
  • नक्कली मह बनाएर बिक्री गरेको खुलासा

नक्कली मह बनाएर बिक्री गरेको खुलासा

  • सोमवार, अशोज २६, २०७७
नक्कली मह बनाएर बिक्री गरेको खुलासा

काठमाडौँ महानगरपालिकाले गरेको बजार अनुगमनको क्रममा नक्कली मह बनाएर व्यावसायिक रुपमा विक्री वितरण गर्ने गरेको पाईएको छ । आज बिहान कामपा उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीलले गोङ्गबु मित्रनगरमा नक्कली मह बनाउने सामान फेला पारेको छ ।

होटल रेड डाइमण्डको कोठा ३०२, ३०४ र ३०६ गरी ३ वटा कोठामा नक्कली मह बनाउने सामान राखी उक्त स्थानबाटनै व्यावसायिक रुपमा मह बनाउने र विक्री गर्ने गरेको पाईएको छ ।
अनुगमन टोलीले महानगरीय प्रहरी वृत्त बालाजुको सहयोगमा होटलको निगरानी थालेको छ । अहिले दुई जना व्यापारी सम्पर्कमा आएका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप प्रक्रिया अघि बढाइने भएको छ । होटलमा अनुगमन टोली पुग्दा अन्य व्यापारी मह बेच्न बाहिर गएका थिए ।

होटल सञ्चालक लीलाबल्लभ पराजुलीका अनुसार उनीहरुले साँझ मह बनाउने र दिउँसो बेच्ने गरेका थिए । पराजुलीका अनुसार उनीहरु मह बेच्ने पुराना व्यापारी हुन् । अनुगमन टोलीको नेतृत्व गरिरहनु भएका कामपाको कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीका अनुसार महको चाका मैदाको हुन सक्छ । अन्य रसायन के के प्रयोग गरेका छन् अध्ययन भइरहेको बताइएको छ । अनुगमन टोलीले होटलका तीन वटा कोठामा भएका सामान बटुलेर एउटै कोठामा राखेर ताला लगाएको छ । त्यहाँ नौ किलो १८६ ग्रामका २८ पोका मह बनाउने सामग्री र र १३ टिन माहुरीको चाका छ । यस्तै अन्य सामग्रीको सानातिना धेरै पोका छन् ।

Facebook Comments

सम्बन्धित समाचार