• होमपेज
  • बीमा
  • अब कोरोना बीमा गर्दा ५० प्रतिशत छुट

अब कोरोना बीमा गर्दा ५० प्रतिशत छुट

  • आइतवार, साउन २५, २०७७
अब कोरोना बीमा गर्दा ५० प्रतिशत छुट

अब सर्वसाधारणले कोरोना बीमा गर्दा ५० प्रतिशत छुट पाउने भएका छन्। बीमा समितिले आज पत्रकार सम्मेलन गरी कोरोना बीमामा अनुदान प्रदान गर्ने योजना सार्वजनिक गरेको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षदेखि नै कोरोना बीमामा ५० प्रतिशत छुट दिने घोषणा गरेपनि बल्ल अब छुट पाउने भएको हो।

समितिले तयार पारेको कार्यविधि अर्थमन्त्रालयले स्वीकृत गरेपछि सर्वसाधारणले ५० प्रतिशत अनुदान पाउने र सरकारी कर्मचारीलाई निःशुल्क कोरोना बीमाको सुबिधा पाउने योजना सार्वजनिक गरेको हो।

अर्थमन्त्री डा. खतिवडाले चालू आर्थिक वर्षको बजेटमा कोरोना बीमालेखमा ५० प्रतिशत अनुदान सरकारले व्यहोर्ने र सबै सरकारी कर्मचारीको निःशुल्क कोरोना बीमा गर्ने घोषणा गरेका थिए। त्यसअनुसार समितिले कार्यविधि बनाएर अर्थमन्त्रालयबाट स्वीकृत भएपछि सर्वसाधारणले छुट पाउने भएको हो ।

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत सामूहिक रुपमा कोरोना बीमा गर्दा ५० प्रतिशत छुट दिने सरकारले घोषणा गरेको थियो। सरकारले अनुदान दिने भएपछि एक लाख रुपैयाँको ३०० रुपैयाँमा र ५० हजार रुपैयाँ बीमांकको बीमा १५० रुपैयाँमै गर्न सकिनेछ।

नयाँ आर्थिक वर्ष शुरु भएपनि बीमा समितिले अहिलेसम्म कोरोना बीमामा छुट दिने सम्बन्धि मापदण्ड तयार पार्न नसक्दा ढिलाई भएको थियो।

यस्तै हाल कार्यरत रहेका अस्थायी,करार सहित सबै राष्ट्र सेवक कर्मचारीको एक लाखको कोरोना बीमा सरकारले व्यहोर्ने बजेटमा व्यवस्था गरिएको छ। यसबाट स्थायी रुपमा कार्यरत करिब ६ लाख र अस्थायी तथा करार समेत गरी करिब सात लाख कर्मचारीहरुले राहत पाउनेछन्।

कोरोना बीमामा कसरी पाउने अनुदान ?

कोरोना बीमाका लागि अनुदान पाउन एकाघर परिवारका सदस्यको सामुहिक बीमा हुनुपर्नेछ । यस्तै कोरोना बीमा गरेको परिवार विगत ३० दिनसम्म नेपालमा नै बसोबास गरको स्थानीय तहले प्रमाणित गरेको कागजाज पेश गर्नुपर्नेछ ।

एकाघरको परिवारका सदस्यहरुको नाम तथा उमेर खुल्ने सम्बन्धित स्थानीय तहले प्रमाणीत गरेको सिफसिर समेत पेश गर्नेपर्नेछ । कोरोना बीमामा अनुदानको सुविधा एक पटम मात्रै पाउने बीमा समितिले जनाएको छ । साथै उक्त बीमालेखको अवधि २०७८ असार मसान्त सम्म मात्र लागू हुनेछ ।

सामुहिक बीमा गर्दा समितिले जारी गरेको मापदण्ड विपरित बीमा गरेको पाईएका त्यस्तो अवस्थामा अनुदान स्वारुप बीमाशुल्क नपाइने बीमा समितिले जनाएकाे छ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा