• होमपेज
  • मनोरञ्जन
  • गीता अधिकारीको ‘बजाउँदै चुरा….’ सार्वजनिक

गीता अधिकारीको ‘बजाउँदै चुरा….’ सार्वजनिक

  • सोमवार, साउन १२, २०७७
गीता अधिकारीको ‘बजाउँदै चुरा….’ सार्वजनिक

नेपाली महिला हरुको महान् पर्व तीज नजिकिदै जादा तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यही मेसोमा गत तीन वर्षदेखि लगातार तीजका गीत स्रोता/दर्शकमाझ पस्किदै आएकी सञ्चारकर्मी गीता अधिकारीले ‘बजाउँदै चुरा…’ लिएर आएकी छन् ।

सारिका घिमिरेको स्वरमा रहेको सार्वजनिक तीज गीत ‘बजाउँदै चुरा…’मा योगेश काजीको सङ्गीत तथा एरेञ्ज रहेको छ । स्टुडियो १डीबी एचडीमा रेकड्ङि गरिएको गीतमा एचवीएन किस्मतको मिक्सिङ तथा माष्टिरिङ रहेको छ । सार्वजनिक लिरिकल भिडियोलाई विक्रम आदित्य शाहले सम्पादन गरेका छन् ।

गीता र सारिकाले यसभन्दा अघि ‘यतै घमाइलो उतै घमाइलो…’सन्देश मुलक तीज गीत लिएर आएका थिए भने गत वर्ष ‘तीजैमा ब्रत बसी…’ लिएर आएका थिए ।

कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणका कारण गीतको भिडियो छायाँकन गर्न असमर्थ भएका कारण लिरिकल भिडियो सार्वजनिक गरेको गीता/सारिकाले बताए । यसभन्दा अघि सार्वजनिक गीत जस्तै ‘बजाउँदै चुरा…’ले पनि सबैको माया र साथ पाउने आफूहरुले अपेक्षा लिएको उनीहरुले बताए । गीतको भिडियो युट्युव च्यानल द ट्युन मार्फत सार्वजनिक गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने