• होमपेज
  • बीमा
  • प्रुडेन्सियल इन्स्योरेन्सले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै

प्रुडेन्सियल इन्स्योरेन्सले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै

  • सोमवार, साउन ५, २०७७
प्रुडेन्सियल इन्स्योरेन्सले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारण समूहको ५४ हजार ६३१ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ। इन्स्योरेन्सले गत फागुन १८ गतेदेखि असार १९ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर बिक्री गर्न लागेको हो।

लिलाम प्रक्रियामार्फत बिक्री गर्न लागिएको सो अवितरित हकप्रद शेयरका लागि साउन १२ गतेदेखि १९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ। सो शेयर खरिदका लागि इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बोलपत्र पेश गर्न सक्नेछन्।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ। बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा अधिकतम सबै कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथमा एनएमबि बैंकका विराटनगर, विरगंज, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत, झापा, जनकपुर, चितवन, बाग्लुङ्ग, दाङ्ग, महेन्द्रनगर र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन्।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा