• होमपेज
  • वाणिज्य बैंक
  • कृषि विकास बैंक लि.मा अनलाईनबाटै शुन्य मौज्दातमा बैंक खाता

कृषि विकास बैंक लि.मा अनलाईनबाटै शुन्य मौज्दातमा बैंक खाता

  • सोमवार, असार ८, २०७७
कृषि विकास बैंक लि.मा अनलाईनबाटै शुन्य मौज्दातमा बैंक खाता

कृषि विकास बैंक लिमिटेडका सेवाहरु विविधिकरण गरी आधुनिक तथा नयाँ ग्राहक आकर्षित गर्दै व्यवसाय विस्तार गर्न अनलाइनबाटै खाता खोल्ने प्रणाली सुरु गरेको छ ।

प्रविधिको विकाससँगै ग्राहकलाई प्रदान गर्ने सेवा सुविधामा सरलीकरण गर्न र बैंकले प्रदान गर्ने सेवालाई समय सापेक्ष र ग्राहक मैत्री बनाउदै बैकिङ्ग कारोवारको दायरा फराकिलो वनाउन विद्युतीय उपकरणको प्रयोग गरी अनलाइनबाट खाता खोल्ने प्रणाली सुरु गरेको बैंकले जनाएको छ ।

वर्तमान प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंकको नेतृत्व सम्हालेदेखि नै प्रविधिमा जोड दिएका छन् । हाल बैंकका सवैजसो सेवाहरुमा सूचना प्रविधिको प्रयोग भइरहेको छ ।

उक्त प्रणालीको मिति २०७७-०३-०५ गते शुक्रवार बैंक संचालक समितिका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला र प्रमुख कार्यकारी अधिृकत अनिल कुमार उपाध्यायले संयुक्तरुपमा उद्घाटन गरेका छन् ।

उक्त कार्यक्रममा बैंकका उप–महाप्रवन्धकहरु प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, दीर्घ वहादुर अर्याल र धु्रवचन्द्र गौतम लगायत विभागीय प्रमुखहरु एवं बजार तथा शाखा व्यवस्थापन विभागका कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।

अनलाईनबाट खाता खोल्ने प्रणालीको शुरुवात पश्चात देश विदेशमा रहेका नेपालीहरुले अनलाईनबाटै खाता खोल्ने फारम भरी आवश्यक कागजात अपलोड गरी शुन्य मौज्दातमा खाता खोल्न सनेछन् । यसबाट स्वदेश तथा विदेशमा रहेका नागरीकले आप्mनै घर-कार्यालयमा बसि बैंक खाता खोल्न सक्ने व्यवस्थाको सुरुवात गरेको बैंकले जनाएको छ ।

बैंकले विकास गरेको प्रविधि अन्य बैंकले प्रयोग गरेको भन्दा अत्याधुनिक र सरल रहेको एंव खाता खोल्नको लागि बैंकको वेभसाईटमा आवश्यक लिंक तयार गरी राखिएको हुँदा उक्त लिंकमा पहुँच गरी खाता खोल्न सक्ने व्यवस्था मिलाएको बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख अजय कुमार रिमालले वताए । सरकारी बैंकहरुमा अनलाईनबाट खाता खोल्न सुविधा दिने पहिलो बैंक भएको राय समेत उनले व्यक्त गरेका छन् ।

कृषि विकास बैंक लिमिटेडमा अनलाइन खाता खोल्न तलको लिंकमा क्लिक गरी खोल्न सकिन्छ ।

http:www.adbl.gov.np

https://onlineaccount.adbl.gov.np

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा