• होमपेज
  • शेयर मार्केट
  • एनआइसी एशिया लघुवित्तले असारमा पनि कर्जाको ब्याजमा १० प्रतिशत छुट दिने

एनआइसी एशिया लघुवित्तले असारमा पनि कर्जाको ब्याजमा १० प्रतिशत छुट दिने

  • सोमवार, असार ८, २०७७
एनआइसी एशिया लघुवित्तले असारमा पनि कर्जाको ब्याजमा १० प्रतिशत छुट दिने

एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले कोभिड–१९ महामारीका कारण ऋणीहरूलाई परेको प्रभावको मूल्यांकन गर्दै असार महिनाका लागि कर्जाको ब्याजमा १० प्रतिशत छुट दिने भएको छ ।

संस्थाले नेपाल राष्ट्र बैंकद्वारा गत वैशाख १६ गते कोभिड–१९बाट ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत्र मसान्तसम्म कायम ब्याज दर ३ प्रतिशतले घटाई चालु आर्थिक वर्षको चौथो त्रयमासको ब्याज गणना गर्न निर्देशन जारी गरेको थियो । संस्थाले तत्काल पूर्ण कार्यान्वयन गर्दै सोको अलावा ऋणीहरूले जेठ महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता÷ब्याज रकम जेठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको र उक्त योजना अत्यन्त लोकप्रिय भएको थियो ।

वित्तीय संस्थाले ल्याएको यस योजना मुताविक नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको ३ प्रतिशत ब्याज छुटको अलावा यस बैंकबाट कर्जा सुविधा लिएका सम्पूर्ण ऋणीहरुले २०७७ असार मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गरेमा उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी न्यून १ प्रतिशत र अधिक ६ प्रतिशत छुट गरिने सुविधा प्रदान गरिने संस्थाले जनाएको छ ।

यस सुविधा पश्चात अधिक व्याजदरको छुट प्राप्त गर्ने ऋणीको व्याजदर १२ प्रतिशत कायम हुनेछ । साथै साँवा तथा ब्याज चुक्ता भुक्तान गर्न ढिलाई गर्दा लाग्ने पेनाल चार्ज÷ब्याज र जरिवाना रकममा समेत शतप्रतिशत मिनाहाको व्यवस्था वित्तीय संस्थाले गरेको छ । यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै वित्तीय संस्थाबाट प्रवाह भएका सम्पूर्ण क्षेत्रका कर्जाहरूमा लाग हुनेछ ।

कोरोना महामारीको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको लागि आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न वित्तीय संस्थाले यस्तो योजना ल्याएको हो । यसले गर्दा ग्राहकहरूको वित्तीय भार कम हुन गई यस कठिन परिस्थितिको कारण सिर्जित समस्याको न्यूनीकरणमा ठोस टेवा पुग्ने विश्वास वित्तीय संस्थाले लिएको छ ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आईरहेको यस वित्तीय संस्थाले यस विषम परिस्थितिमा समेत आफु एक उत्तरदायी कर्पोरेट नागरिकको हिसाबले समग्र अर्थतन्त्रको सबलीकरणमा टेवा पु¥याउने मनशायले नियमनकारी निकायबाट जारी निर्देशनलाई अक्षरशः पालना गर्दै सो को अलावा थप सहुलियत प्रदान गर्दै ग्राहक महानुभावहरूको सर्वोपरि हितलाई सम्बोधन गर्नु आफ्नो परम कर्तब्य र प्राथमिकताको रुपमा लिएको छ । नेपालको बैंकिङ्ग क्षेत्रमा अत्यन्तै दुर्लभ यस प्रकारको योजनाबाट सम्पूर्ण ऋणीहरूलाई लाभ लिन वित्तीय संस्था अनुरोध गर्दछ ।

साथै, यस संस्थाले ४४,४३,२०० कित्ता शेयर सर्वसाधारणको लागि बिक्री गर्नका लागि आह्वान पत्र सार्वजनिक गरिसकेको पनि जानकारी गराएको छ । यस साधारण शेयरको विक्री खुल्ला तथा निष्काशन मिति २०७७/०३/१० गते र निष्काशन बन्द हुने मिति छिटोमा २०७७/०३/१४ गते (बैंकिङ्ग समय पश्चात) हुनेछ भने निष्काशन बन्द हुने मिति ढिलोमा २०७७/०३/२४ गते (बैंकिङ्ग समय पश्चात) हुनेछ । साथै शेयर खरिद गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पुर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट दरखास्त फारम प्राप्त गर्न र बुझाउन सकिने छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि