नेपाली काङ्ग्रेस सोलुखुम्बुका नेता एबम समाजसेवी प्रकाश सिंह कार्कीको नेतृत्वमा सोलुखुम्बुबाट काठमाडौ आएर बसोबास गर्ने समस्यामा परेका विद्यार्थी एबम श्रमजीवी बर्गलाइ उनीहरुको आग्रह र समस्यालाइ मध्यनजर गर्दै तेस्रो चरणको राहत बितरण गरिएको छ ।
कार्यक्रम धुम्बाराहीबाट कपन ,चाबहिल ,सानोठिमी ,भक्तपुर बोडे हुँदै पुल्चोक सम्म पुगेर ८५ जना श्रमजीवी बर्ग तथा विद्यार्थीका परिवारहरुलाइ राहत स्वरुप विभिन्न खाद्य सामाग्री हस्तान्तरण गरिएको हो । नेता एबम समाजसेवी प्रकाश सिंह कार्कीले आफ्नो व्यक्तिगत रुपमा पहिलो चरणमा १०७, दोस्रो चरामा १७६ परिवारलाई राहत वितरण गरिसकेको नेपाल विद्यार्थी संघ नेता दिनराज बास्तोलाले बताए ।
राहत उपलब्ध गराउनुहुने नेता एबम समाजसेवी प्रकाश सिंह कार्की लगायत नेपाली काङ्ग्रेस सोलुखुम्बुका नेताहरु सम्पुर्ण महानुभाव प्रती राहत प्राप्त गर्ने परिवारले हार्दिक आभार प्रकट गरेका छन् ।