कोरोना भाइरस (कोभिड–१९)ले नेपाल मात्र नभई विश्वलाई आक्रान्त बनाई रहेको छ । कोरोना भाईरसको संक्रमणले २ सय १२ देशका २ लाख ६९ हजार ५ सय ९८ जनता निल्यो । १२ लाख ८५ हजार ९ सय ६५ ले कोरोना भाइरस (कोभिड–१९) लाई पचाए । ३८ लाख ४७ हजार २ सय ७८ कोरोना भाइरस (कोभिड–१९) संग लडिरहेका छन् । तथापि नेपालमा कोरोना भाइरस (कोभिड–१९) ले आज सम्म कुनै मानविय क्षेति भएको छैन । नेपाल सरकारले कोरोनाको फौलिने जोखिम रहेको भन्दै जेठ ५ गते सम्म लकडाउन (बन्दाबन्दी) को सयम अवधि बढाएको छ । पछिल्लो पटक नेपाल सरकार ले लकडाउनको समय अवधि थप गर्दा स्वरुप परिवतन हुने अपेक्ष गरेको आम जनमानसले केहि प्रतिकृया समेत जनाएका छ ।
लकडाउन (बन्दाबन्दी) थप मात्रै कोरोनाबाट बच्ने उपाए होईन । कोरोना भाइरस (कोभिड–१९) को परिक्षमा पनि प्रभावकारी हुनु पर्छ । लकडाउन (बन्दाबन्दी) गरेर आम जनमानसलाई घर बन्दक बनाएर मात्र कोभिड–१९ बाट बच्न सकिदैन् । कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावकारी रुपमा परिक्षण संगैको लकडाउ हो । तर नेपालको प्रयोग अलिक नौलो र अनौठो रहन गयो । कोरोनाको परिक्षण कम र लकडाउन (बन्दाबन्दी) धेरै भयो । जसको परिणाम आम जनमानसको दैनिकीमा समेत प्रभाव पा¥यो । कोरोना भाइरस (कोभिड–१९) को सक्रमण रोकथामका लागि घोषणा गरेको लकडाउन (बन्दाबन्दी) बाट असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहायहरु बढि प्रभावित भए जहाँ राज्यको उपस्थिति कमजोर सावित भयो भन्ने टिप्पणी कम छैन ।
कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रकको लागि गरिएको लकडाउन (बन्दाबन्दी)ले आफ्नो असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहायहरु दैनिक रासन पानिको जोहो गर्न कठिक भएर पूर्व पक्षिक सम्म आखाँबाट आसु झार्दै पैदल यात्रा गर्नेहरुको पिडाले तिन तहका सरकारको व्यवस्थापनमा फितलो महसुस गर्न गाह्रो छैन् ।
पछिल्लो समयमा किट अभावकै कारण कोरोना भाइरस (कोभिड–१९) परीक्षणक नै बन्द भयो । स्वास्थ्य मन्त्रालयले समेत किट अभावकै कारण परीक्षण दायरा कमजोर भएको धारण सार्वजनिक गर्नु शुभ होईन । कोरोना नियन्त्रण गर्न राज्यले गरेको प्रयास अनुकरणीय छ तथापि ४६ दिन सम्म कोरोना भाइरस (कोभिड–१९) परिक्षण किटको जोहो गर्न नसक्नुले सरोकार निकाय आलोचित छ । कोरोना भाइरस (कोभिड–१९) बाट निको भइ घर फरकिएको भन्दा कोरोनाबाट संक्रमित हुनेको संख्या बडोत्तरी हुनु दुःखत हो । यो तथ्याङ्कले कोरोना रोकथाम गर्न लकडाउन (बन्दाबन्दी) बाहेक कुनै उपाए अवलम्बन गरिएन भन्नेको प्रमाण हो ।
कोरोनाबाट आमनागरीकलाई बच्चाउन राज्यले लकडाउन (बन्दाबन्दी) आवश्यक छ । लकडाउन संग संगै लकडाउनबाट असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहायहरु दैनिक खाद्यानको बन्दो बस्त, संकमण फैलियको क्षेत्रमा द्रुत गतिमा स्वस्थ परिक्षण, संवावित संक्रमितको व्यवस्थित र उपचार । संक्रमितको उपचार सहितको लकडाउन (बन्दाबन्दी)ले कोरोनाको रोकथाम हुन सक्छ । अन्यथा सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको उहानमा देखिएको कोरोना भाइरसले हामी सबैलाई हराउने छ । हामी सबैले राज्यले निर्देशीत/जारी गरेको विधि कानून र परिधिको पालना गन सबैलाई बाध्य पार्नु पर्छ । यो संगै कोरोना रोकथाम गर्न समेत राज्यको भुमिका अग्रणी हुनु पर्दछ ।