• होमपेज
  • समाचार
  • कोरोनाविरुद्ध म्यादी प्रहरी परिचालन

कोरोनाविरुद्ध म्यादी प्रहरी परिचालन

  • शुक्रबार, बैशाख २६, २०७७
कोरोनाविरुद्ध म्यादी प्रहरी परिचालन

कपिलवस्तुको विजयनगर गाउँपालिकामा कोरोना भाइरस नियन्त्रणका लागि म्यादी प्रहरी परिचालन गरिएको छ । पचास युवालाई म्यादी प्रहरीमा नियुक्त गरी परिचालन गरिएको पालिकाले जनाएको छ । सीमाको सुरक्षा तथा गाउँगाउँमा जनचेतना फैलाउन उनीहरुलाई परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताउनुभयो ।

पालिकामा बन्दाबन्दीको पालना गराउन र सामाजिक दूरी कायम गर्न म्यादी प्रहरीले सहयोग गर्नेछन् । क्वारेन्टाइन सुरक्षाका लागि १२, सीमामा पैदल यात्रुको निगरानी गर्न २१, ठेक्का दिइएका नदी तथा खोलाको निगरानीका लागि आठ र गाउँटोलमा नौ जना म्यादी प्रहरी परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरी म्यादी प्रहरी परिचालन गरिएको उहाँको भनाइ छ । स्थानीय नागरिकलाई म्यादीमा भर्ना गरिएकाले समुदायको तल्लो तहसम्म पुगेर काम गर्न सहज हुने अध्यक्ष थापाको विश्वास छ ।

सुरक्षाका लागि जनशक्ति अभाव भएका बेला गाउँपालिकाले म्यादी प्रहरी परिचालन गरेकाले शान्तिसुरक्षा कायम गर्न सहज हुने इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार