• होमपेज
  • समाचार
  • भोका शिक्षक र विद्यार्थीलाई शिवपुरी माविको राहत

भोका शिक्षक र विद्यार्थीलाई शिवपुरी माविको राहत

  • शुक्रबार, बैशाख ५, २०७७
भोका शिक्षक र विद्यार्थीलाई शिवपुरी माविको राहत

कोरोना भाइरसको त्रासको कारण मुलुक लकडाउनमा थियो । शिक्षक, विद्यार्थी र अभिभावक सबै होम क्वारेन्टाइनमा ।
जब सरकारले बैशाख २ गते तेस्रो पटक लकडाउनको अवधी थप गर्यो । मुलुकभर खाद्यान्न अभावका समाचारहरु आउन शुरु भयो ।

काठमाडौंबाट खाद्यान्न अभावका कारण मानिसहरु हिडेरै कष्टसाथ आफ्ना गाउँ फर्किएका खबरहरु बाक्लिन थाले ।
शिवपुरी मावि बालुवाटारका प्रधानाध्यापक दिवाकरले विद्यालयका सहयोगीलाई खाद्यान्न अभाव भोगीरहेका विद्यार्थी र अभिभावकको विवरण संकलन गर्न आग्रह गरी केही दाताहरुसँग सम्पर्क गरे ।

तत्काल केही दाताहरु, भूपू विद्यार्थीहरु र विद्यालयको कोषबाट खरिद गरिएको खाद्यान्न २० अभिभावकहरुलाई विद्यालय परिशरबाटै खाद्यान्न वितरण गरियो ।

Facebook Comments

सम्बन्धित समाचार