अनिल केशरी शाह नेपाली बैंकिङ्ग क्षेत्रको अत्यन्तै परिचित नाम भित्रको एउटा नाम हो भन्दा अब फरक पर्दैन । जीवन नै बैकिङ्ग इतिहासको पाना भित्र विताएका शाह यति बेला नेपाल कै पुरानो निजी क्षेत्रको बैंक नबिल बैंकको सीइओ छन् । यो विपतका बेला शाह के गर्दै छन् । नबिल बैंकले यो महामारीबाट बच्न र बचाउन के के कदम चाल्दैछ ?
अहिले विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाईरसले नेपाल त्रसित बनाएको छ । चैत्र २५ गतेसम्म सरकारले देशलाई लकडाउन गरेको छ । यहीकारण कुनै पनि व्यक्ति सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन ।
यस्तो अवस्थामा पनि नेपालको सबैभन्दा पुरानो निजी क्षेत्रको बैंक नबिल बैंकले सेवा प्रदान गरिरहेको अवस्थामा देखिन्छ । डिजिटल कारोबारलाई प्रोत्साहन दिएको नबिल बैंकले डिजिटल करोबार गर्न नसक्ने ग्राहकलाई कारोबार गर्न शाखाहरु खोलेर सेवा दिइरहेको देखिन्छ ।
यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु भोग्नु परेको छ ? नबिल बैंक मात्रै खुलेको छ कि ? कारोबार पनि भइरहेको छ । बैंकका कर्मचरीहरुको स्वास्थ्य अवस्था बारे बैंक कति सचेत छ । बैंक र बैंकरहरुले यो विशम परिस्थितिमा राज्यलाई कस्तो योगदान दिएका छन् । यी आदि विषयमा नबिल बैंकका सीइओ एवं नेपाल बैंकर्स एशोसियशनका पूर्व अध्यक्ष अनिल केशरी शाहसंग भूपेन्द्र आचार्यले गरेको कुराकानी ।
० विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण नेपाल पनि अछुतो छैन । देश पूर्वरुपमा लकडाउन छ । यो विशम र अप्ठ्यारो परिस्थितिमा नेपाल को निजी क्षेत्रको पूरानो बैंक नबिल बैंकले कस्तो सेवा दिएको छ ?
हामी बैंकहरुले नेपाल बैंकर्स एशोसियशनमा छलफल गरी यो बेला डिजिटल बैकिङ्गको सेवा दिने निर्णय ग¥यो । (पेन पैसा) मोबाइल बैकिङ्ग विश्व बजारमा चलेको छ । एउटा उदाहरण यस्तो छ, केनिया जस्तो देशमा मोबाइल बैंकिङ्ग प्राय सबै जनताले चलाउने गरेका छन् । कारण पढेर शिक्षित भएर होइन क्राइम भएर हो । पैसा चोरी भएर हो ।
त्यसकारण सूचना प्रविधीबाटै कारोबार गरेका छन् । फोनबाटै कारोबार गरौं फोनमा मनि छ । अर्को कुरा हामीले एटिएमबाट ग्राहकहरुलाई सेवा दिएको अवस्था छ । अहिले कर्जा छैन, डिपोजिट छैन । घर चलाउन पैसा चाहिन्छ । त्यो एटिएमबाट पाइन्छ । कुनै पनि शुल्क लाग्दैन । वाणिज्य बैंक, विकास बैंक र वित्तिय कम्पनीहरुको एटिएममा यो सुविधा हामीले प्रदान गरेका छौं । हामीले जनतालाई पैसा नभएका कारण ओषधी र खाद्यान्न किन्न नसक्ने परिस्थिति उत्पन्न हुन दिदैनौ । यो बेला हामी सबैको ठूलो कर्तव्य हुन्छ ।
० नबिल बैंकले कति शाखा सञ्जालबाट यो विशम परिस्थितिमा ग्राहकहरुलाई सेवा दिएको छ ?
हामीले दिने पिच्छे फरक÷फरक शाखा खोलेका छौं । जहाँ एटिएम छैन । त्यहाका शाखा प्रायः खुल्ला गरेका छौं । हामीले ओषधी र खाद्यान्न ल्याउनका लागि एलसीको कारोबार पनि गरेका छौं । दाल, चामल, तेल आदि बस्तु किन्न एटिएमबाटै पैसा ग्राहकवर्गले झिक्नु भएको छ । हामी पनि यहि नेपाली समाजका मान्छे हौं । समाज प्रति उत्तरदायित्व हामी बैंकरको यो विशम परिस्थितिमा झनै बढेको छ ।
० नेपाल पूर्णरुपमा लकडाउन छ जनता घरमै छन् । यो बेला नबिल बैंकले केही शाखा खोली सेवा दिएको भन्नुभयो । यो कोरोना भाइरसको महामारीबाट बैंकको कर्मचारीलाई बचाउन कस्तो प्रवन्ध मिलाउनु भएको छ त ?
राम्रो प्रश्न सोध्नु भयो । हामीले अत्यन्तै चनाखो भएर काम गरेको अवस्था पक्कै छ । ग्राहक कम आएका छन् । कर्मचारी सिमित छन् । कारोबार नगन्य छ । तरपनि कर्मचारीहरुलाई चाहिने सबै व्यवस्था हामीले गरेका छौं । हाम्रा कर्मचारीको फुल इन्स्योरेन्स गरेका छौं । यो बेला कार्यलयमा काम गर्ने कर्मचारीलाई भत्ता बढाएका छौं ।
कुपनको व्यवस्था गरेर १/१ गरी ग्राहकलाई भित्र पठाएका छौं । भित्र कारोबार गर्न जाँदा सेनिटाइजर, माक्स, पञ्जा ग्राहकले अनिवार्य लगाउन निर्देशन नै दिएको अवस्था छ । यही अनुसार हाम्रा कर्मचारीले पनि गरेका छन् । हामीहरुले यस्तो विशम परिस्थितिमा जीवनलाई जोखिममा राखेर सेवा दिइरहेको छौं भन्दा अब फरक पर्दैन । उदाहरणका लागि जसरी नर्स, डाक्टर र अस्पतालका कर्मचारीहरुले सेवा दिनु भएको छ । हामीले पनि यसरी नै सेवा दिएका छांै । यो बेला लुक्ने बेला पक्कै होइन काम गरेर देखाउने बेला हो नि ।
० कोरोना विरुद्ध लड्न राष्ट्रिय स्तरको कोष राज्यले खडा गरेको छ । यसमा तपाईहरुले कस्तो सहयोग रहन्छ ?
यो कोषमा केही बैंक र बैंकर साथीहरुले नगद पैसा दिनु भएको छ । पैसा मात्र दिएर सबै दायित्व पूरा पटक्कै हुँदैन । नबिल बैंक अरु केही गर्ने हो कि भन्ने सोचमा छ । बैठक भएको छैन । नयाँ कुराको सहयोग राज्यलाई गर्ने कि भन्ने पक्षमा छौं । केही दिनमै हामी एउटा निर्णय पक्कै गर्ने नै छौं । हामी पनि राज्यको एउटा महत्वपूर्ण अंग हो । त्यसकारण राज्यलाई यो विपतको बेला सहयोग नगर्ने कुरै भएन हामी पक्कै केही गर्दछौं ।
० अहिले विश्व बजारको अर्थतन्त्र तहसनहस भएको देखिन्छ । यसले नेपालको बैकिङ्ग प्रणालीमा कस्तो असर पर्ने अनुमान गर्नु भएको छ ?
कुनै पनि देशको वित्तिय क्षेत्र अर्थतन्त्रको मुुटु हो । मुटु विग्रेपछि के हुन्छ । यो प्रस्टै छ । त्यसकारण यसको संरक्षण गर्ने दायित्व राज्यको हो । यस महामारीले सबै क्षेत्रलाई छुने छ । राम राम सत्य हो । जस्तै गरि लैजाने देखिन्छ । अहिले केही समयको लागि अर्थतन्त्रको खुट्टा भाचिएको होला । तर, हात त भाचिएको छैन नि । तग्रिन सकिन्छ ।
आत्तितु पर्ने छैन । तर, सचेत र सजक भने पक्कै हुनुपर्दछ । यसका लागि अर्थमन्त्री, उद्योगी, व्यापारी बैंकर सबै पक्ष मिलेर अगाडी बढ्नुप¥यो । अहिले जनता बच्नु प¥यो । जीवन बचाउन प¥यो नि ।
० राज्यले बैंकका ग्राहकहरुका लागि ल्याएका सहुलियतका प्योकजलाई चाहि कसरी हेर्नु भएको छ त ?
यो हाम्रो सुझावबाटै आएको हो । यो आवश्कता पनि थियो आयो । हामीले यो बेला नाफा खोज्ने बेला होइन । जीवित रहने र राख्ने बेला हो । ब्याज नलिने, घरबेटीले भाडा नलिने कुरा राम्रा पक्ष पक्कै हुन ।
राज्यले अझै राम्रा सहुलियतका प्याकेट जनतालाई दिनु प¥यो । ग्यास, पानीको भाउ कम गर्न १÷२ महिनाको भ्याट छुट दिनु पर्दछ । अर्थतन्त्रलाई उठाउने हो भने एउटा ठूलो र महत्वपूर्ण सहुलीयतको प्याकेज तत्कालै ल्याउनु प¥यो । तीन महिना भ्याट नलिने, भन्सारका दर, घटाउने, दैनिक आवश्यकताका सामानमा भारी छुट दिने कुरा आउनु प¥यो । ब्याज छुट, घरभाडा छुट, स्कुलको शुल्क छुट, दिएर मात्रै पुग्दैन नि ।
अहिले केही सुविधा आएको छ । केन्द्रीय बैंकले जारी गरेको सर्कुलरलाई सकारात्मक रुपमा लिनुपर्छ । विद्युतीय कारोबारमा पनि शुल्क नलिने भन्ने कुरा आएको छ । अर्कोतिर चैत्र मसान्तमा १० प्रतिशत ब्याजमा मिनाह दिनसक्ने भनेको छ । बैंकले आफ्नो आम्दानीबाट दिने भन्ने कुरा छ । राज्यले गरेको निर्णय पालना गर्नु हाम्रो कर्तव्य हो । दायित्व पनि हो ।
यसले ग्राहकलाई ठूलो राहत मिलेको देखिन्छ । हामी यसै समाजका मान्छे हौं । समाजलाई केही गर्नु पर्दछ । भन्ने हाम्रो पनि सोच छ । तर, यी भन्दा राम्रा सहुलियतका उपाय राज्यले जनतालाई दिनु प¥यो भन्ने मेरो कुरा हो ।
० लकडाउन बढेको छ । पूर्व तयारी तपाईहरुको चाहि कस्तो थियो ?
लकडाउनले साच्चै भन्दा देश बचाएको छ । जनता बचाएको छ । पहिलो कुरा यो बुझ्नु जरुरी छ । अर्को कुरा आज देश लकडाउन नभएको भए हामी हजारौ अस्पतालमा हुने थियौ होला । लाखौ विरामी हुने थियौ र भागाभागको अवस्था सृजना हुने अवस्था आउने थियो । यो हुन पाएन सरकारलाई धन्यवाद दिनै पर्दछ ।
अर्को कुरा के हो भने अब नाफा होइन । महामारीबाट बच्ने उपाउ खोजौ । गरिब, ज्यालादारी गर्ने मजदूरहरुको रोजीरोटीको बारेमा सोच्नु प¥यो । अनिल केशरी शाहको लागि लकडाउन राम्रो होला तर, फरक जाती, भाषी, मजदूर, भारी बोकेर खाने हजारौं जनताको रोजीरोटीबारे राज्यले सोच्नु जरुरी छ । घरवेटीले भाडा छुट दिने, बैंकरले ब्याज छुट दिने त होला तर, गरिबले पेट कसरी पाल्ने भन्ने चिन्ता अहिलेको पहिलो चिन्ता पक्कै होला नि ।
अन्त्यमा केही छ कि ?
जीवन रहे सबै रहने हो । आफू पनि बचौं । अरुलाई पनि बचाऔं । लकडाउनको पालना गरौं । घरबाट बाहिर नजाउ । यो सत्य हो । हाम्रा लागी । तर, लेबरको लागि लकडाउन फरक छ । मजदूरको लागि पृथक छ । भन्ने कुरा राज्यले बुझ्नु अत्यन्त जरुरी छ । भारी बोकेर पेट पाल्नेहरुलाई नजिकबाट हेनु प¥यो ।
त्यसकारण यो विपत र अप्ठयारो समयमा हामी बैंकरले पनि नाफा हेर्नु भएन । सबै मिलेर यो महामारीबाट मुक्ति पाउनु जरुरी देखिन्छ । विश्व आज कोरोना भाईरसबाट रोहिरहेको अवस्थ छ । हजारौं मरेका छन् । लाखौं रोगसंग लडेका छन् । त्यसकारण आफू सुरक्षीत हुनु पहिलो कर्तव्य हो । आत्तिनु पर्दैन । यो देश र जनता बचाउने बेला हो । सचेत रहौं, स्वास्थ रहौं । घरबाट अफिसको काम गरौं, डिजिटल बैंकिङ्गबाट कारोबार गरौं भन्न चाहान्छु ।