• होमपेज
  • बैंकिङ्ग
  • ज्योति विकास बैंकको क्षेत्रीय कार्यालय र शाखा कार्यालयको उद्घाटन

ज्योति विकास बैंकको क्षेत्रीय कार्यालय र शाखा कार्यालयको उद्घाटन

  • आइतवार, चैत्र ९, २०७६
ज्योति विकास बैंकको क्षेत्रीय कार्यालय र शाखा कार्यालयको उद्घाटन

ज्योति विकास बैंकले शुक्रबार चैत्र ७ गतेका दिन इटहरी उपमहानगरपालिकामा बैंकको क्षेत्रीय कार्यालय र शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ। बैंकले इटहरी उपमहानगरपालिकामा  आफ्नै भवनमा क्षेत्रीय कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकिङ्ग सेवाको पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ ज्योति विकास बैंकले  उक्त क्षेत्रमा क्षेत्रीय कार्यालय र शाखा कार्यालय सञ्चालन गरेको हो।

इटहरी उपमहानगरपालिका वडा नं ५, सुनसरीस्थित क्षेत्रीय कार्यालयको समुद्घाटन इटहरी उपमहानगरपालिकाका मेयर द्वारिक लाल चौधरी र ज्योति विकास बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए। समारोहमा बोल्दै मेयर चौधरीले ज्योति विकास बैंकले पूर्व क्षेत्रमा सञ्चालनमा ल्याएका कार्यालयहरुले सेवाग्राहिलाई थप सेवा मिल्ने तथा विभिन्न कर्जा सेवाले गर्दा उद्यमशीलतामा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

साथै,  इटहरी उपमहानगरपालिका वडा नं ६, सुनसरीस्थित ज्योति विकास बैंकको शाखा कार्यालयको समुद्घाटन  उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम बहादुर पौडेलले गरेका थिए ।  उद्घाटन समारोहमा बैंकका  प्रमुख कार्यकारी अधिकृत, बैंकका अन्य कर्मचारी, ग्राहकवर्गहरु तथा स्थानिय व्यवासायीहरुको पनि उपस्थिति रहेको थियो।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५६ वटा एटीएम  मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।  हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब  ३४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब २९  अर्व रुपैयाँ लगानी रहेको बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा