• होमपेज
  • समाचार
  • साझा प्रकाशनको महाप्रबन्धकमा गौतम

साझा प्रकाशनको महाप्रबन्धकमा गौतम

  • बुधबार, माघ १५, २०७६
साझा प्रकाशनको महाप्रबन्धकमा गौतम

साझा प्रकाशन सञ्चालक समितिको यही माघ ११ गतेको निर्णयानुसार झापा जिल्ला शिवसताक्षी–२ निवासी श्री होमप्रसाद गौतम साझा प्रकाशनको महाप्रबन्धक पदमा नियुक्त हुनुभएको छ ।

यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव ऋषिराम पङ्गेनीले महाप्रबन्धकको समेत जिम्मेवारी बहन गर्नुभएको थियो । राजनीति तथा समाजसेवामा विगत चार दशकदेखि अनवरत लाग्नुभएका गौतमले झापा जिल्लाका विभिन्न स्थानीय नेतृत्वमा रही जिम्मेवारी पूरा गरिसक्नुभएको छ । विगत केही वर्षदेखि अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेको साझा प्रकाशन गौतमको नेतृत्वमा सबल र सक्षम हुने विश्वास लिइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार