• होमपेज
  • समाचार
  • सोलारले हट्यो टुकीको भर

सोलारले हट्यो टुकीको भर

  • शनिबार, माघ ११, २०७६
सोलारले हट्यो टुकीको भर

यहाँका अति विपन्न माझी तथा दलित बस्तीमा सोलारबत्ती जडानले टुकीकै भरमा रात बिताउनुपर्ने बाध्यता हटेको छ । तानसेन नगरपालिको आर्थिक सहयोगमा यहाँका दलित तथा माझी समुदायमा निःशुल्क सोलार जडानपछि खुशी ल्याएको हो ।

नगरपालिका–१३ छेर्लुङका ४७ घरपरिवारमा सोलार जडान गरिएको हो । कालीगण्डकी नदी नजिकैको बस्तीमा वर्षांैदेखि विद्युत्को पहुँच बाहिर रहेका बस्ती अँध्यारोमा नै रात बिताउनुपर्ने बाध्यतामा थिए । यहाँका २२ बोटेमाझी, चार दलित र अन्य जातिका घरमा सोलार जडान गरी उज्यालो बनाउने काम सम्पन्न भएकोे तानसेन नगरकार्यपालिका सदस्य कमला भण्डारीले बताउनुभयो ।सोलार जडानपछि रातमा घरभित्र र बाहिर उज्यालोसँगै मोबाइल चार्ज, रेडियो, टिभीलगायतका आमसञ्चारमा यहाँका स्थानीयवासीको पहुँच विस्तार भएको छ । टुकी बाल्दा पैसा धेरै खर्च हुँदा यहाँका स्थानीयवासी चिन्तित थिए ।

नगरपालिकाले घरमा निःशुल्क सोलार बत्ती जडानगरेपछि मोमाइल चार्ज, बालबालिकाको पठनपाठन, सञ्चार तथा नियमित घरायसी काम निकै सहज बनेको छ । सोलार जडानले मासिक खर्चसमेत कम भएको र महिलालाई टुकीकै भरमा खाना पकाउनुपर्ने बाध्यता हटेको वडासदस्य राधा विश्वकर्माले बताउनुभयो । माझी समुदायमा नगरपालिकाले निःशुल्क सोलार जडान गरेपछि स्थानीय ओमबहादुर माझी खुशी हुनुहुन्छ ।

“टुकी उज्यालोभन्दा सोलारको उज्यालो राम्रो लाग्यो, टुकीले स्वास्थ्यमा असर हुने र खासै उज्यालो हँुदैनथ्यो”, माझीले भन्नुभयो । छेर्लुङका होमनाथ भट्टराईले वर्षौंदेखि रातको समयमा उज्यालोमा बस्ने रहर पूरा भएको बताउनुभयो । छ दशक उमेर पार गर्नुभएका भट्टराईले सोलारको उज्यालोले रातमा घरायसी काम गर्न सहज भएको बताउनुभयो ।

“सोलारले गाउँ नै उज्योलो बनेको छ । विवाह, व्रतबन्धलगायतका शुभकार्यसमेत उज्यालोका कारण सजिलो हुँदै आएको छ”, भट्टराईले बताउनुभयो । स्थानीयवासी पुरन विकले बालबालिकालाई साँझ लेखपढ गर्न सजिलो भएको बताउनुभयो । टुकीकै भरमा रातिमा पढ्दा धुवाँले अनुहार पनि कालो हुने र स्वास्थ्यमा समेत असर गरेको स्थानीयवासीको भनाइ छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि