• होमपेज
  • कर्पोरेट
  • सेञ्चुरी कमर्सियल बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच सम्झौता

  • सोमवार, पुस २१, २०७६
सेञ्चुरी कमर्सियल बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र भैसिपाटी, ललितपुरस्थित नेपाल मेडिसिटी हस्पिटलबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरिएको हो ।

सम्झौता अनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले अस्पतालको विभिन्न सेवामा ७ प्रतिशतसम्म छुट पाउनेछन् । उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र नेपाल मेडिसिटी हस्पिटलका महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार