• होमपेज
  • बजार
  • किसानको सिपिभिसी पाइप बजारमा

किसानको सिपिभिसी पाइप बजारमा

  • मङ्लबार, मंसिर १०, २०७६
किसानको सिपिभिसी पाइप बजारमा

किसान पाइप प्रडक्ट्स प्रालीले आफ्नोे नयाँ उत्पादन सिपिभिसी पाइप काठमाडौंमा एक भव्य कार्यक्रम सहित “किसान DURASTREAM” पाइप बजारमा सार्वजनिक गरेको छ ।
जापानको विश्व प्रसिद्ध सिक्वीसी कम्पनीको लोकप्रिय सिपिभिसी उत्पादन DURASTREAM नेपाली साझेदरीका रुपमा हामीले सिपिभिसी पाइप उत्पादन सुरु गरेको हो ।

जापानीज कम्पनीबाट कच्चा पदार्थ आयात गरी जापानी प्रविधि र गुणस्तरका मापदण्डलाई अक्षरसः पालना गर्दै उत्पादित किसान सिपिभीसी पाइपलाई आम नेपाली उपभोक्ताले रुचाउनु हुनेछ भन्ने हाम्रो दृढ विश्वास छ । किसानले यस अघि बजारमा प¥याएका सबै उत्पादनहरु आम नेपाली उपभोक्तामाथी अत्यधिक लोकप्रिय रहेका छन् र ति सबैले नेपाल गुणस्तर चिन्ह पनि प्राप्त गरिसकेका छन् ।

सिपिभीसीले पनि निकट भविष्यमै नेपाल गुणस्तर चिन्ह (एनएस) प्राप्त गर्ने प्रतिवद्धता पनि व्यक्त गर्दछौं, कम्पनीका एम.डि. पाण्डेले भन्नुभयो ।
देशभर रहेका किसानका ४ सय भन्दा बढी वितरकहरु मार्फत सिपिभिसी पाइप सहजै उपलब्ध हुने छन् र यसमा ५० वर्षको ग्यारेण्टी पनि प्रदान गरिएको छ । ०.५ इञ्चदेखि २ इञ्च साइजमा यी सिपिभीसी पाइप उपलब्ध छन् ।

त्यसका साथै किसानले सि.पि.भि.सि. फिटिङग्सका समान पनि उपलब्ध गर्दै आएको जानकारी गराइयो । नवलपरासीको बर्दघाटमा आफ्नो उद्योग रहेको किसान पाइपले आम उपभोक्ताको माग अनुसार आफ्ना उत्पादनहरु बजारमा उपलब्ध गराउने क्षमता समेत रहेको छ ।

बार्षिक करोडांैकोे व्यवसाय गर्दै आएको किसान पाइप प्रडक्ट्सले आफ्ना उपभोक्ताहरुलाई दिर्घकालसम्म निरन्तर साथ दिईरहने प्रवन्ध निर्देशक अजय कुमार पाण्डेले बताए ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा