• होमपेज
  • समाचार
  • आइतबार सार्वजनिक बिदा

आइतबार सार्वजनिक बिदा

  • शुक्रबार, अशोज २४, २०७६
आइतबार सार्वजनिक बिदा

चिनियाँ राष्ट्रपति सी जीनपीङको राजकीय भ्रमणको अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले सीको राजकीय भ्रमणको दोस्रो दिन आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले खरीबोटलाई जानकारी दिएका छन् ।

चिनियाँ राष्ट्रपति सी शनिबार तीन बजे नेपाल आइपुग्दैछन् । यसअघि नै सरकारले २०७३ कात्तिकमा भारत र चीनका राष्ट्र प्रमुखको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णय सरकारले कार्यान्वयन गरेको मन्त्रीको भनाइ छ ।

दुई दशकपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणका अवसरमा नेपालको आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण सम्झौता तथा समझदारी हुने तयारी छ ।

राष्ट्रपति चिनफिङ असोज २५ र २६ गते नेपालको दुई दिवसीय राजकीय भ्रमणमा आउने छन् ।

Facebook Comments

सम्बन्धित समाचार