• होमपेज
  • कर्पोरेट
  • बडा दशैंको अवसरमा सनराइज बैंकको निःशुल्क बस यात्राको सुविधा

बडा दशैंको अवसरमा सनराइज बैंकको निःशुल्क बस यात्राको सुविधा

  • शनिबार, अशोज १८, २०७६
बडा दशैंको अवसरमा सनराइज बैंकको निःशुल्क बस यात्राको सुविधा

सनराइज बैंकले आफ्नो १२ औं वार्षिक उत्सवको अवसर र नेपालीहरुको महान् चाँड दशैंलाई मध्यनजर गर्दै निःशुल्क बस यात्राको सुविधा प्रदान गर्ने भएको छ ।

दशैंको बेला काठमाडौंमा सार्वजनिक यातायातको अभाव हुने र त्यस अभावलाई केहि हदसम्म न्युनिकरण गर्ने अभिप्रायले बैंकले निःशुल्क बस सेवा दशैको टिकाको दिन अथात आश्विन २१ गते, मंगलबार संचालन गर्ने जनाएको छ ।

“सन्राइज दशैं यात्रा हामी संग संगै ” भन्ने नाराको साथ बैंकले काठमाडौंको दुईवटा रुटमा बस सेवा संचालन गर्नेछ जसमा बुढानिलकण्ठ देखि लगनखेलको रुट र चक्रपथ परिक्रमाको रुट रहनेछन् । बंैकले आश्विन महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रmपमा मनाउन विभिन्न १२ विधाहरmमा देशभर कार्यक्रमहरm गर्दै जाने जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार