• होमपेज
  • समाचार
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘एआई कन्फ्रेन्स’ आयोजना गर्दै

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘एआई कन्फ्रेन्स’ आयोजना गर्दै

  • शनिबार, अशोज १८, २०७६
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘एआई कन्फ्रेन्स’ आयोजना गर्दै

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस अन्तिम साता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्वन्धित कन्फ्रेन्स आयोजना गर्ने भएको छ ।

शुक्रवार मन्त्रालयमा बसेको मन्त्री सहितको वैठकले कार्यक्रमको तयारीको लागि संयोजनको जिम्मा मन्त्रालयका सचिव सञ्जय शर्मालाइ दिइएको छ भने सल्लाहकार समितिको अध्यक्षमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह रहनुभएको छ ।

सम्मेलन हालै जारी गरिएको विज्ञान, प्रविधि तथा नव पर्वर्तन नीति अनुरुप देशभरीको विज्ञान प्रविधिको गतिविधि समेटेर तयार पार्न लागेको ‘क्यालेन्डर इभेन्ट’ अन्र्तगत हुनेछ ।

हालै जारी गरिएको नीतिमा उदयिमान प्रविधिहरुलाई विशेष महत्वको साथ देशको विकासमा विज्ञान प्रविधिलाई मूल प्रवाहिकरण गर्ने उदेश्य अन्तर्गत कार्यक्रमको आयोजना गर्न लागिएको मन्त्रालयले बताएको छ । विज्ञान, प्रविधि तथा नव पर्वर्तन नीति कार्यान्वयन गर्ने दिशामा एआई कन्फ्रेन्स कोशेढुंगा सावित हुने विश्वास लिएको मन्त्री गिरीराजमणि पोखरेलले बताउनुभयो ।

विश्वमा जारी चौथो औद्योगिक रिभोलुसन अन्तर्गत एआई युगमा विश्व प्रवेश गरेको सन्दर्भमा राष्ट्रलाई त्यसतर्फ अघि बढाउने, नीति निर्मातालाई सचेत र जागरुक बनाउदै एसडिजी का लक्ष्यहरु हासिल गर्न यो सम्मेलन सार्थक हुने मन्त्री पोखरेलको भनाई छ ।

प्राम्भिक तयारी अनुसार सम्मेलन ३ देखि ५ दिनसम्म आयोजना हुनेछ । सम्मेलनमा सहभागी हुन विश्वभरका प्रतिष्ठित एआई विज्ञहरु नेपाल आउनेछन् । उक्त सम्मेलनमा मुलुक भित्र र वाहिरका विज्ञहरुसँगै नीति निर्माता, विदेशी संघसस्था र सरोकारवालाहरुको उल्लेख्य सहभागिता हुने जनाइएको छ । इर्मर्जिङ प्रविधिहरुमा केन्दि«त रहेर सरकारले आयोजना गर्ने यो सम्मलेन नेपालको लागि पहिलो तर उत्तिकै महत्वपुर्ण हुने अपेक्षा गरिएको छ । दशैंको पूर्वसन्ध्यामा शुभकामना सहित मन्त्री पोखरेलले सम्मेलन गर्ने जानकारी गराउदै समिति गठन गर्नुभएको हो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि