• होमपेज
  • वाणिज्य बैंक
  • सिटिजन्स बैंकका अध्यक्षलाई गभर्नरद्वारा सपथ

सिटिजन्स बैंकका अध्यक्षलाई गभर्नरद्वारा सपथ

  • सोमवार, अशोज १३, २०७६
सिटिजन्स बैंकका अध्यक्षलाई गभर्नरद्वारा सपथ

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका नव निर्वाचित संचालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । आइतबार नेपाल राष्ट्रबैंकमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष भण्डारीलाई गभर्नर डा. चिरञ्जिवी नेपालले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

अध्यक्ष भण्डारी केही समयअधि मात्र बैंकबाट प्रमुख कार्यकारी अधिकृतको पदावधि सकिएर विदा भएका थिए । बैंकको वार्षिक साधारणसभाबाट संचालक हुँदै उनी अध्यक्ष बन्न सफल भएका छन् । उनी बैंकको स्थापनाकालदेखि २०७५ पुससम्म कार्यकारी अधिकृत पद सम्हाल्दै आएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार