• होमपेज
  • समाचार
  • दशैंको मुखमा किन आन्दोलित शिक्षकहरु ?

दशैंको मुखमा किन आन्दोलित शिक्षकहरु ?

  • आइतवार, अशोज १२, २०७६
दशैंको मुखमा किन आन्दोलित शिक्षकहरु ?

दशैंको मुखमा निजी विद्यालय सञ्चालकहरुले आफुहरुको हित विपरित कार्य गरेको भन्दै निजी विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् ।संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु)ले निजी विद्यालय सञ्चालकहरुले हकर्त नसुधारे आन्दोलनमा जाने चेतावनी दिएको हो । इस्टुका महासचिव भोला चालिसे र कार्यबहाक अध्यक्ष मोतिराम फुयालले शनिवार एक विज्ञप्ति जारी गर्दै आन्दोलनको चेतावनी दिएका हुन् ।

विज्ञप्तिमा असोज ९ गते निजी विद्यालयहरुको संगठन प्याब्सनले महासचिवको नामबाट श्रम मन्त्री, सामाजिक सुरक्षा कोषका प्रमुख, एनप्याब्सन, हिसानसमेतको हवला दिँदै सम्प्रेषण गरेको सर्कुलर प्रति इस्टुको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षाकोषमा जाने सैद्धान्तिक सहमतिका साथ हाम्रो युनियनसँग बस्ने भनिएको बैठकलाईसमेत एकपक्षीय रूपमा स्थगित गरी भ्रामक प्रचार गरेकामा यो युनियन घोर भत्र्सना गर्दछ । विज्ञप्तिमा भनिएको छ ।

शिक्षा ऐन र नियमावलीमा व्यवस्था गरिएको न्युनतम आधारभूत तलवभत्ता र अन्य सेवा सविधको खिलापमा शिक्षा ऐन आकर्षित हुने क्षेत्रमा गैरकानुनी तरिकाले जबर्जस्ती श्रम ऐनलाई आकर्षित गराउने धृष्टता गरिएको प्रति इस्टुले आपत्ति जनाएको हो ।
यस घटनालाई युनियनले शिक्षाको निजीकरण र व्यापारिकरणपछि मौजुदा ऐन नियमहरूको समेत निजीकरण वा नीतिगत भ्रष्टिकरणतर्फ सिङ्गो शिक्षा जगत उन्मुख हुँदै गएको सङ्केतका रुपमा लिएको जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार