• होमपेज
  • समाचार
  • गौतमबुद्ध र पोखरा क्षेत्रीय विमानस्थललाई राष्ट्रिय गौरवका संरचनाको रुपमा राख्न सुझाव

गौतमबुद्ध र पोखरा क्षेत्रीय विमानस्थललाई राष्ट्रिय गौरवका संरचनाको रुपमा राख्न सुझाव

  • बिहिबार, साउन १६, २०८२
गौतमबुद्ध र पोखरा क्षेत्रीय विमानस्थललाई राष्ट्रिय गौरवका संरचनाको रुपमा राख्न सुझाव

संस्कृति, पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थललाई राष्ट्रिय गौरवका संरचनाको रुपमा राख्नुपर्ने बताएका छन् । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मन्त्रालय अन्तरगतका राष्ट्रिय गौरवका आयोजनाको विषयमा गरेको छ्लफलमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

उनले मन्त्रालय अन्तरगत पाँच आयोजना रहेको भएपनी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल निर्माण सम्पन्न भैसकेकोले यी दुई आयोजना अब राष्ट्रिय गौरवका संरचनामा राख्नुपर्ने बताए । उनले भने,‘देशले अब यी आयोजनालाई राष्ट्रिय गौरवका संरचनामा राख्दै यी आयोजनाबाट फाईदा लिनुपर्छ ।’

यस्तै, पशुपति र लुम्बिनीको गुरु योजना अनुसार काम अगाडी बढाउन सरकार प्रतिबद्ध रहेको मन्त्री पाण्डेको भनाइ थियोे । निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरव आयोजनाको रुपमा राखेको भएपनि यो निर्माणमा नै अन्योल रहेको उनको भनाइ थियोे ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल देशको लागि अपरिहार्य रहेकाले यसको निर्माण र संचालन मोडालिटी बनाएर आगाडी बढ्ने मन्त्रीले पाण्डेले जानकारी दिए । भैरहवा र पोखरा विमानस्थल नचल्नुमा रुटको समस्यामात्र नभएको र सरकारका कतिपय निकायले नै सरकारले तयार पारेको कार्ययोजना लागू नगर्दा समस्या आएको उनको भनाइ थियो । लामो समयपपछि अहिले नेपाल एयरलाइन्सका सबै जहाज संचालनमा रहेको बताए । नेपाल एयरलाइन्समा जहाज थप गर्ने विषयमा समेत छलफल जारी रहेको उनको भनाई थियो ।

Facebook Comments

सम्बन्धित समाचार