नेपाल आयल निगमले पेट्रोलियम पदार्थकोे मूल्य घटाएको छ । निगमले आइतबार रातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । भारतबाट मूल्य घटेर आएसँगै नेपालमा पनि मूल्य घटाएको निगमको भनाइ छ ।
साविकको मूल्यमा पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।
निगमका अनुसार अब पेट्रोल पहिलो वर्गको प्रतिलिटर १५६.५० रुपैयाँ, दोस्रो वर्गको १५८ रुपैयाँ र तेस्रो वर्गको १५९ रुपैयाँ कायम भएको छ । यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गको १४६.५० रुपैयाँ, दोस्रो वर्गको १४८ रुपैयाँ र तेस्रो वर्गको प्रतिलिटर १४९ रुपैयाँमा खरिद बिक्री हुनेछ ।