• होमपेज
  • विकास बैंक
  • मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बुद्ध एयरको हवाई टिकटमा छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बुद्ध एयरको हवाई टिकटमा छुट

  • बिहिबार, भदौ २७, २०८१
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बुद्ध एयरको हवाई टिकटमा छुट

मुक्तिनाथ विकास बैंक र बुद्ध एयरबीच बैंकका कर्मचारी र ग्राहकहरुलाई हवाई टिकट खरिद गर्दा विशेष छुट प्रदान गर्न व्यवसायिक सम्झौता भएको छ ।
एक कार्यक्रमबीच उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका मार्केटिङ विभाग प्रमुख विनयरत्न शाक्य र बुद्ध एयरका तर्फबाट मार्केटिङ सेल्सका निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौताबमोजिम अगामी दिनमा मुक्तिनाथ विकास बैंकको मोबाईल बैंकिङ तथा भिजा कार्ड प्रयोग गर्ने सबै ग्राहकहरुले बुद्ध एयरको टिकट काउन्टरबाट हवाई टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट पाउने छन् ।

बुद्ध एयरका मार्केटिङ सेल्स्का निर्देशक रुपेश जोशीले अब केहि दिनभित्रमा बुद्ध एयरको मोबाइल एपबाट समेत सो सुविधा लिन सक्ने व्यवस्था मिलाउने जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार