• होमपेज
  • समाचार
  • नेपालमा आधिकारिक रुपमा सुरु भयो इन्ड्राइभको सेवा

नेपालमा आधिकारिक रुपमा सुरु भयो इन्ड्राइभको सेवा

  • सोमवार, बैशाख २४, २०८१
नेपालमा आधिकारिक रुपमा सुरु भयो इन्ड्राइभको सेवा

ग्लोबल मोविलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले नेपालमा औपचारिक रूपमा आफ्नो सेवाको शुरुवात गरेको छ ।

इन्ड्राइभले न्यूनतम कमिशन लिएर पारदर्शी सेवा प्रदान गर्दछ। नेपालमा चालक र यात्रु दुवैका लागि निष्पक्ष र किफायती यात्रा सुनिश्चित गर्न इन्ड्राइभले चालकका लागि १० प्रतिशतसम्म कमिशन शुल्क लागू गरेको छ ।

पिपुल–दु–पिपुल मोडेल र ह्युमन डिभन एप्रोचको कारणले इन्ड्राइभ एपको लोकप्रियता बढ्दै गएको छ । एल्गोरिदमले मूल्य निर्धारण गर्ने अन्य राइड हेलिङ एपहरू जस्तो नभई इन्ड्राइभले यात्रु र चालक दुबैलाई स्वतन्त्र रूपमा सवारीको भाडा बार्गेन गर्न सकिने अद्वितीय सुविधा प्रदान गर्नेछ । यसले यात्रुहरुलाई आफ्नो सवारीकी भाडा निर्धारण गर्न र चालकसँग सीधै एप भित्रै बार्गेन गर्ने स्वतन्त्रता दिन्छ ।

इन्ड्राइभ एपमा यात्रुहरूले आफ्नो सवारीको लागि आँफै भाडा प्रस्ताव गर्न सक्नुको साथै सवारी साधनको मोडेल, बालकको रेटिङ र चालक आउत्त लाग्ने समयको आधारमा कुनै एउटा चालककी राइड अफर लिन सक्छन् । यो नयाँ प्रणालीले चालकहरूलाई पनि आफूलाई उपयुक्त हुने राइड रिक्वेस्ट लिन, आफ्नै मूल्य राख्न र आफ्नो सहजता अनुसार राइड असेप्ट गर्ने अधिकार दिन्छ ।

इन्ड्राइभ अब आधिकारिक रूपमा नेपालमा शुरु भएको घोषणा गर्न पाउँदा उत्साहित भएको इन्ड्राइभको एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले बताए । उनले भने, “एउटा ब्राण्डको रुपमा इन्ड्राइभको मिशन ननको अन्यायलाई चुनौती दिंदै १ अर्बभन्दा बढी मानिसहरुको लागि विश्वमा राम्रो ठाउँ बनाउनु हो । नेपालमा शुरु भएको घोषणा गर्न पाउँदा हामी उत्साहित छौं । इन्ड्राइभले संसारभरका मानिसहरूलाई छनोटको स्वतन्त्रता दिन्छ । हाम्रो लागि नेपालको बजार अत्यन्तै महत्तवपूर्ण छ र हाम्रा सेवाहरूले नेपाली बजारमा नवीनता ल्याउने र रोजगारी प्रदान गर्नेमा हामी विश्वस्त छौं ।“

सोही अवसरमा इन्ड्राइभ नेपालको डिरेक्टर रीता पोखरेलले भनिन्,“नेपालमा इन्ड्राइभको आधिकारिक सुरुवातले यहाँको राइड हेलिङ उद्योगमा नयाँ अध्यायको शुरुवात गरेको छ । हाम्रा प्रयोगकताहरूलाई निबांध र सुरक्षित भुक्तानी गर्न सजिलो होस् भनेर हाम्रो पेमेन्ट पार्टनरको रुपमा हामीले आइएमइसँग साझेदारी गरेका छौं ।“

काठमाडौँमा इन्ड्राइभका सेवाहरु ट्याक्सी, मोटरसाइकल, डेलिभरी र अन्तर–शहर यात्रा (सिटी टू सिटी राइड) रहने छन् ।
आफ्नै भाडा प्रस्ताव गर्न सकिने सुविधा रहेको छ । सो सुविधा अन्तर्गत आफ्नो प्रस्ताव स्वीकार गर्ने चालक पाउन सकिने या चालकको प्रस्ताव आफूले स्वीकार गर्ने सकिने सुविधा छ ।

चालक छनोट गर्न सकिने छ, चालकको रेटिड र उनीहरूले कतिवटा राइड गरिसकेका छन् भन्ने कुरा हेर्न सकिने छ । यता, आफ्नो रोजाइमा सुरक्षित हुन सकिने सुविधा छ । इन्ड्राइभमा आउनु अगाडि प्रत्येक चालकको आधारभूत जानकारी र कागजातहरू एपमा समावेश हनुपर्नेछ ।

यात्रु र चालक दुबैले एक अर्काको रेटिड र तिनीहरूले पहिले गरेका यात्रा संख्याको आधारमा आफू कोसँग यात्रा गर्ने भनेर छनौट गर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीकाअनुसार सवारीको समयमा एपमा लाइभ राइड विवरण सेयर गर्न मिल्ने र सेभ अवर सोल्स । एस्ओएस्) बटनको सुविधा छ ।

अप्रत्याशित परिस्थितिमा प्रयोगकर्ताहरूलाइ छिटो सहयोग लिन सकिने र स्थितिको चाँडै समाधान गर्न कर्मचारीहरुसँग काम गर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार