कुमारी बैंक लिमिटेडले नयाँ वर्ष विस २०८१ को उपलक्ष्यमा विशेष क्यासब्याक अफर घोषणा गरेको छ । यस योजनाअन्र्तगत पिओएस भुक्तानी र अनलाइन कारोबारका लागि कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०८१ रुपैयाँ वा कारोबार रकमको २५% जुन रकम न्यून हुन्छ, उक्त रकम फिर्ता पाउने छन् ।
साथै, क्यूआर. भुक्तानीमार्फत कारोबार गर्ने मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले पनि यो आकर्षक क्यासब्याक अफरको फाइदा उठाउन सक्ने बैंकले जनाएको छ ।
यो योजना २०८१ वैशाख १ गते बिहान ८ः०० बजे देखि राति ११ः५९ बजेसम्म लागू हुने बैंकले जनाएको छ । तोकिएको समयावधिभित्र कारोबार गर्ने पहिलोे ४० जना कार्ड प्रयोगकर्ता र पहिलो ४० जना मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६७ शाखारहित बैंकिङ ईकाईहरुमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।