• होमपेज
  • समाचार
  • के.बि.एल सेक्यूरिटिज लिमिटेडले औपचारीक रुपमा धितोपत्र कारोबार शुभारम्भ

के.बि.एल सेक्यूरिटिज लिमिटेडले औपचारीक रुपमा धितोपत्र कारोबार शुभारम्भ

  • सोमवार, मंसिर २५, २०८०
के.बि.एल सेक्यूरिटिज लिमिटेडले औपचारीक रुपमा धितोपत्र कारोबार शुभारम्भ

के.बि.एल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) ले औपचारीक रुपमा धितोपत्र कारोबार शुभारम्भ गरेको छ । कुमारी बैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब.राणाले यस कम्पनीको कारोबार उद्घाटन गर्नु भएको थियो । उक्त कार्यक्रममा के.बि.एल सेक्यूरिटिज लिमिटेड तथा कुमारी बैक लिमिटेडका सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।

कारोबार सुभारम्भ गरे सँगै शेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न के.बि.एल सेक्यूरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीज्यूले उल्लेख गर्नुभएको छ ।
के.बि.एल सेक्यूरिटिज लिमिटेड, कुमारी बैक लिमिटेडको पूर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्ड बाट मान्यता प्राप्त सिमित कारोबार गर्ने धितोपत्र दलाल व्यवसायी हो ।

Facebook Comments

सम्बन्धित समाचार