सधैं चर्चा र विवादमा फस्दै आएको हिमालयन बैंकका सीइओ अशोक राणा सहित आँधा दर्जन संचालक दशैंको मुखमा अमेरिकाको भिसा लिएर अन्तराष्ट्रिय विमानस्थल पुगे पनि सीइओ राणालाई अन्तराष्ट्रिय विमानस्थलबाट फिर्ता पठाइएको खुलेको छ । समाचार उच्च स्रोतका अनुसार हिमालयन बैंकका सीइओ राणालाई मलेसियाको एक रेमिटेन्स कम्पनीले पैसा भुक्तानी नदिएको भन्दै इन्टरपोलमा फाइनान्ससियल फ्रडको मुद्दा दर्ता गरेको कारण सीइओ राणालाई अमेरिका जान विमानस्थलका कर्मचारीहरुले रोक लगाएको खुलेको छ भने बैंकका आधाँ दर्जन संचालकहरु जनताको पैसामा अमेरिका पुगेको स्रोतको दाबी छ ।
यति मात्रै होइन हिमालयन बैंकका सीइओ राणा र अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको मिलोमतोमा अन्य संचालकहरुलाई थाह नै नदिइ आँधा दर्जन कर्मचारीलाई जुनियर असिस्टेन्ट पदमा करार नियुक्त गरेको भेटिएको छ ।
हिमालयन बैंक उच्च स्रोतका अनुसार करारमा काम गरेका हिमालयन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)हरू अनुप मास्के र उज्वलराज भण्डारी करारमा छन् । त्यतिमात्रै होइन, सहायक प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र प्रधान, विजयमान नकर्मी र मुख्य प्रबन्धक श्याम खत्रीको करार अवधी २ वर्ष थप गरिएको छ । यति मात्रै होइन हिमालयन बैंकका सीइओ राणा र अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको मिलोमतोमा अन्य संचालकहरुलाई थाह नै नदिइ आँधा दर्जन कर्मचारीलाई जुनियर असिस्टेन्ट पदमा करार नियुक्त गरेको भेटिएको छ ।
हिमालयन बैंकका सीइओ राणालाई मलेसियाको एक रेमिटेन्स कम्पनीले पैसा भुक्तानी नदिएको भन्दै इन्टरपोलमा फाइनान्ससियल फ्रडको मुद्दा दर्ता गरेको कारण सीइओ राणालाई अमेरिका जान विमानस्थलका कर्मचारीहरुले रोक लगाएको खुलेको छ भने बैंकका आधाँ दर्जन संचालकहरु जनताको पैसामा अमेरिका पुगेको स्रोतको दाबी छ
नेपाल राष्ट्र बैंकका सयौं निर्देशनलाई रद्दीको टोकरीमा फाल्दै आएका हिमालयन बैंकका सीइओ राणा माथी अब पनि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले छानवीन नगरे उनीमाथी नै अर्थमन्त्रालयले पुन बर्खास्त गर्ने उच्च स्रोतको दाबी छ । उक्त समाचारका बारेमा बैंकका सीइओ राणालाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।