• होमपेज
  • प्रविधि
  • आईफोन १५ सार्वजनिक हुँदै , कति पर्छ मूल्य ?

आईफोन १५ सार्वजनिक हुँदै , कति पर्छ मूल्य ?

  • सोमवार, भदौ २५, २०८०
आईफोन १५ सार्वजनिक हुँदै , कति पर्छ मूल्य ?

एप्पलको नयाँ ‘आइफोन १५’ सार्वजनिक हुँदै छ ।

मंगलबार अर्थात सेप्टेम्बर १२ मा हुने एप्पलको कार्यक्रममा फोनलाई सार्वजनिक गरिनेछ । मंगलबार हुने एप्पलको कार्यक्रम वन्डर लस्टमा फोनलाई सार्वजनिक गरिनेछ । उक्त कार्यक्रम अमेरिकाको क्यालिफोर्नियामा रहेको स्टिभ जब्स थिएटरमा हुँदै छ ।

विभिन्न रिपोर्टहरुका अनुसार आईफोन १५ र आईफोन १५ प्रो सार्वजनिक हुनेछन् । कम सुविधा र क्षमतामा आईफोन १५ र आईफोन १५ प्लस हुनेछन् भने केही विशेष क्षमता र सुविधासहितमा भने आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स हुनेछन् । आईफोन १५ प्रोको डिस्प्ले ६.१ इञ्चको हुनेछ भने आईफोन १५ प्रो म्याक्सको डिस्प्ले ६.७ इञ्चको हुनेछ ।

आईफोन १५ को रेञ्जका फोनहरुमा अपग्रेड गरिएको माइक्रोचिप ए १७ बोयोनिक हुनेछ । यसअघिको फोनहरु स्टेनलेस स्टिलको फ्रेममा तयार गरिएकोमा एप्पले यसपटक भने टाइटेनियम फ्रेम प्रयोग गरेको ब्लुमबर्गले जनाएको छ । यसले फोनलाई केही हलुका बनाएता पनि फोनको मूल्य भने केही बृद्धि हुने देखिएको छ ।

विभिन्न दाबीहरुका अनुसार आइफोन १५ को सुरुवाटी मूल्य ७ सय ९९ अमेरिकी डलर हुनेछ । १५ प्लसको ९९९, प्रोको १०९९ र अर्ट्राको १२९९ अमेरिकी डलर पर्नसक्ने पूर्वानुमानहरु सार्वजनिक भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि