• होमपेज
  • विकास बैंक
  • कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एसी हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एसी हस्तान्तरण

  • सोमवार, भदौ ११, २०८०
कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एसी हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नवलपरासीको बर्दघाटस्थित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दिव्य ज्योति बहुमुखी क्याम्पसलाई आइतबार २ थान एयर कन्डिस्नर (एसी) हस्तान्तरण गरेको छ।

उक्त एसी सामुदाहिक विकास र शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पुगोस् भन्ने उद्देश्यका साथ प्रदान गरिएको बैंकले जनाएको छ।

बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले दिव्य ज्योति बहुमुखी क्याम्पसका अध्यक्ष पुन्यप्रसाद पौडेललाई उक्त एसी हस्तान्तरण गरेका थिए।

कार्यक्रममा क्याम्पस प्रमुख सागरमणि पाण्डे, बैंकका बुटवल क्षेत्रका क्षेत्रीय प्रबन्धक खिमलाल भुसाल तथा अन्य कर्मचारी र विद्यार्थीको उपस्थिति थियो।

बैंकले आगामी दिनमा समेत सरोकारवालाको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार

एनआईसी एशिया बैंकद्वारा कर्जामा अधिकतम प्रिमियमदर ३% कायम
एनआईसी एशिया बैंकद्वारा कर्जामा अधिकतम प्रिमियमदर ३% कायम
नविल स्कुल अफ सोसल इन्टरप्रिनियरसीप कार्यक्रमले मनायो दोस्रो वार्षिकोत्सव
नविल स्कुल अफ सोसल इन्टरप्रिनियरसीप कार्यक्रमले मनायो दोस्रो वार्षिकोत्सव
अमेरिका जान हिँडेका हिमालयन बैंकका सीइओ राणा अन्तराष्ट्रिय बिमानस्थलबाट फिर्ता, इन्टरपोल मार्फत फाइनान्ससीयल फ्रड गरेको आरोपः दुई नयाँ जुनियर असिस्टेन करारमा नियुक्त साथै दर्जनौ उच्च कर्मचारीलाई करार अवधि थपः राष्ट्र बैंक बेखबर

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा
सिटिजन्स बैंकका ग्राहकले बुटवल हार्ट क्लिनिकमा छुट पाउने
सिटिजन्स बैंकका ग्राहकले बुटवल हार्ट क्लिनिकमा छुट पाउने
कनेक्ट आईपीएससँँगको सहकार्यमा एनआईसी एशियाले ल्यायो ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर
कनेक्ट आईपीएससँँगको सहकार्यमा एनआईसी एशियाले ल्यायो ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर