• होमपेज
  • वाणिज्य बैंक
  • सानिमा बैंकका ग्राहकलाई फुडमाण्डुमा क्यासब्याक

सानिमा बैंकका ग्राहकलाई फुडमाण्डुमा क्यासब्याक

  • शुक्रबार, साउन १९, २०८०
सानिमा बैंकका ग्राहकलाई फुडमाण्डुमा क्यासब्याक

सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न फुडमाण्डुसँग क्यासब्याक अफरको व्यवस्था गरेको छ।

उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले योजना अवधिभर प्रत्येक शनिबार फुडमाण्डुमा डिजिटल भुक्तानी गर्दा क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रु. २०० सम्म, सानिमा भिसा डेबिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा अधिकतम रु. ३०० सम्म तथा सानिमा भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले २० प्रतिशत वा अधिकतम रु. ३०० सम्मको क्यासब्याक पाउन सक्नेछन्। ग्राहकले उक्त भुक्तानी भएको एक हप्ताभित्र क्यासब्याक प्राप्त गर्नेछन्।

यो योजना भोलि साउन २० गतेदेखि आउँदो माघ २० गतेसम्म प्रत्येक शनिबारका लागि लागू हुने बैंकले जनाएको छ।

बैंकले ग्राहकलाई विभिन्न छुट तथा अफर प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ। छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/products/cards/discount-outlet मा उपलब्ध छ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा छन्।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)