• होमपेज
  • वाणिज्य बैंक
  • एनआईसी एशिया बैंकले ल्यायो ‘मुद्दति खाता कर्जा’, अनलाइनबाटै रु. २ लाखसम्मको कर्जा तुरुन्तै पाइने

एनआईसी एशिया बैंकले ल्यायो ‘मुद्दति खाता कर्जा’, अनलाइनबाटै रु. २ लाखसम्मको कर्जा तुरुन्तै पाइने

  • बुधबार, साउन ३, २०८०
एनआईसी एशिया बैंकले ल्यायो ‘मुद्दति खाता कर्जा’, अनलाइनबाटै रु. २ लाखसम्मको कर्जा तुरुन्तै पाइने

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ मुलुकको बैंकिङ क्षेत्रमा उत्कृष्ट सेवा तथा योजनाहरु ल्याइरहेको एनआईसी एशिया बैंकले मुद्दति खातामा आधारित अनलाइन कर्जा (Online Loan against Fixed Deposit) नामको अर्को एक उत्कृष्ट योजना ग्राहक महानुभावहरु माझ ल्याएको छ।

यस योजनाअन्तर्गत बैंकमा मुद्दति निक्षेप राखेका ग्राहकले बैंकको मोबाइल बैंकिङ (मोबैंक) एप वा वेबसाइट (https://loan.nicassiabank.com) बाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम रु. २ लाखसम्मको कर्जा तुरुन्तै प्राप्त गर्न सक्नेछन्।

‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङको प्रवर्द्धन गरिरहेको एनआईसी एशिया बैंकले ल्याएको यस कर्जाको लाभ लिन योग्य ग्राहकले मोबाइल बैंकिङ एप वा वेबसाइटमा उपलब्ध ‘Apply for Loan Against FD’ विकल्प जान सक्नेछन्। उक्त विकल्प छनौट गरेपछि सिस्टमले आवेदनको मुद्दति खाताको विवरण र निजको खातामा उपलब्ध रकम तत्कालै जानकारी लिनेछ र यसपछि ग्राहकले आफूले चाहेको कर्जा रकमको विवरण भरेपछि रु. २ लाखसम्मको कर्जाका लागि आवश्यक विवरण भरेपछि ओटीपी कोड प्राप्त हुनेछ। अब उक्त ओटीपी कोड हालेर सर्त मञ्जुरीमा क्लिक गरेर प्रविष्ट गरेपछि कर्जा रकम ग्राहकको खातामा तुरुन्तै जम्मा हुनेछ।

यसका साथै यस योजनमार्फत रु. २ लाखभन्दा माथिको कर्जाको हकमा भने लागि ग्राहकले डिजिटल फर्म भरेर बैंकको शाखा कार्यालयमा गई आवश्यक प्रकृया पूरा गरेपछि कर्जा प्राप्त गर्न सक्नेछन्। यसरी मुद्दति खाता कर्जा प्राप्त गर्ने ग्राहकले हरेक त्रयमासको अन्तसम्ममा ब्याज भुक्तानी गर्नुपर्ने नियम रहेको छ भने कर्जा लिएको १ वर्ष वा मुद्दति खाता परिपक्व हुने दिनको अघिल्लो दिनसम्म साँवा भुक्तानी गर्नुपर्नेछ।

न्यूनतम रु. ५ हजार कर्जा सीमा उपलब्ध यस योजनामा ग्राहकले प्राप्त गर्ने कर्जाको अधिकतम सीमा, ब्याजदर, प्रकृया शुल्क, कर्जा भुक्तानी सुविधा, पुर्नतालिकीकरण, सर्तहरुका बारेमा कर्जा लिने प्रक्रियाका क्रममा जानकारी प्राप्त गर्न सक्नेछन्।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जाल भएको बैंकहरु मध्येको बैंक हो। बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरु, ५१९ एटीएम, १११ वटा विस्तारित काउण्टर एवं ६५ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ।

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन बैंक सफल भएको छ। देशको अर्थतन्त्रको सबलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रु. १९ अर्ब ९२ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रु. ३ अर्ब ४१ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकका रुपमा स्थापित हुन बैंक सफल भएको छ। जुन समग्र देशको अन्य कम्पनीहरुको तुलनामा छैटौँ ठूलो योगदान रहेको कम्पनीहरुमध्येको हो।

वित्तीय समावेशीकरणका लागि मुगु, कालीकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरु स्थापना गरेको छ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा