• होमपेज
  • वाणिज्य बैंक
  • सानिमा बैंकको दराजसँग ‘दराज महाबचत योजनाका’ लागि सहकार्य

सानिमा बैंकको दराजसँग ‘दराज महाबचत योजनाका’ लागि सहकार्य

  • बुधबार, साउन ३, २०८०
सानिमा बैंकको दराजसँग ‘दराज महाबचत योजनाका’ लागि सहकार्य

सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘दराज महाबचत योजनामा’ विशेष छुट दिने सहकार्य गरेको छ।

यो योजना अवधिभर ग्राहकले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गरी दराजबाट सामान तथा सेवा खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम् रु. १ हजारसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम रु. १ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन्। छुट प्राप्त गर्न ग्राहकले दराज एपमा भौचर संकलन गर्नुपर्नेछ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताले मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्नेछन्। उक्त छुट प्राप्त गर्न ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुचारु गरिसक्नुपर्ने हुन्छ। अनलाइन पेमेन्ट सेवा सुचारु गर्ने भिडियो सहितको प्रकृया सानिमा बैंकको आधिकारिक युट्युब च्यानल (https://youtu.be/aCHTzUKKO0o) मा राखिएको छ।

यो योजना यही साउन ४ देखि साउन १४ गतेसम्म ११ दिनका लागि लागू हुनेछ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय र १२२ वटा एटीएम सञ्चालनमा रहेका छन्।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा