• होमपेज
  • समाचार
  • हिमालय एयरलाइन्सले अर्थोपेडिक हस्पिटललाई दियो एयर कन्डिसनर

हिमालय एयरलाइन्सले अर्थोपेडिक हस्पिटललाई दियो एयर कन्डिसनर

  • सोमवार, साउन १, २०८०
हिमालय एयरलाइन्सले अर्थोपेडिक हस्पिटललाई दियो एयर कन्डिसनर

हिमालय एयरलाइन्सले नेपाल अर्थोपेडिक हस्पिटललाई दुई टनको एयर कन्डिसनर दिएको छ। कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत यो एयरकन्डिसनर दिएको हो।

कम्पनीका अध्यक्ष झोउ एन्योङले अस्पतालका अध्यक्ष सामेन लामा र मेडिकल डा. कैलाशकुमार भण्डारीलाई एयर कन्डिसनर हस्तान्तरण गरे।

सहयोगबापत दिइएको कन्डिसनर अस्पतालको सगरमाथा जनरल वार्डमा जडान गरिएको छ। सोमबार कम्पनीका अध्यक्ष झोउले सामाजिक उत्तरदायित्व वहन गर्दै सहयोग गरेको बताए। उनले नेपाल अपाङ संघमा रहेका अनाथ आश्रमलाई सहयोग गर्न इन्फ्लाइट पत्रिकाबाट आउने नाफाको केही रकम सहयोग गर्ने प्रतिवद्धता जनाए।

अस्पतालका मेडिकल डाइरेक्टर डा. भण्डारीले हिमालय एयरलाइन्सले मानवीय उद्धारमा देखाएको सक्रियताको प्रशंशा गरे।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा