• होमपेज
  • वाणिज्य बैंक
  • देशकै पहिलो प्राइभेट बैंक नबिलको ३९औँ वार्षिकोत्सव

देशकै पहिलो प्राइभेट बैंक नबिलको ३९औँ वार्षिकोत्सव

  • बुधबार, असार २७, २०८०
देशकै पहिलो प्राइभेट बैंक नबिलको ३९औँ वार्षिकोत्सव

निजी क्षेत्रबाट सञ्चालित देशकै पहिलो बैंक नबिल बैंक लिमिटेडले ३९ औँ वर्ष पूरा गरेको छ। नेपालको पहिलो निजी क्षेत्रको बैंकका रुपमा १२ जुलाई सन् १९८४ मा स्थापना भएको नबिल बैंकले ३९ वर्षको यात्रा पूरा गरेको छ।

बैंकिङ क्षेत्रमा सर्वाेत्कृष्ट बैंकका रूपमा स्थापित भएको यो बैंक ‘नबिल बैंक सगैँ अघि’ भन्ने नाराका साथ ग्राहक तथा सरोकारवालासँग हातेमालो गरेर अघि बढिरहेको छ। ग्राहकको सुविधा तथा सरल बैंकिङ सेवालाई केन्द्रमा राखेर बैंकले आफ्नो  पृथक चिनारी बनाएको छ।

३९ औं वार्षिकोत्सवको अवसरमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकलाई निरन्तर सर्वाेत्कृष्ट बनाएकोमा बैंकका कर्मचारीलाई धन्यवाद दिए। त्यस्तै बैंकप्रति अटुट भरोसा राखिएकोमा ग्राहकलाई आभार प्रकट गर्दै यस्तै भरोसा राख्ने वातावरण बैंकले निरन्तर बनाउने प्रतिबद्धता व्यक्त गरे।

कर्मचारीको योगदान र मेहनत तथा ग्राहकको विश्वासले नै नबिल बैंक अब्बल हुन सकेको सीईओ ढुंगानाको भनाइ छ। बैंक स्थापनाकालदेखि नै पहिलो प्राथमिकता ग्राहकको सन्तुष्टि राखिएकोले पनि ग्राहकको मन जित्दै विश्वासिलो बैंकका रुपमा रहन सफल भएको उनले बताए। दिगो र डिजिटलाइज्ड बैंकिङलाई अझ सबल बनाउँदै ग्राहकलाई सुविधा दिन तत्पर रहने उनले प्रतिबद्धता गरे।

एक कदम अघि नबिल बैंक

सरल र ग्राहकमैत्री सेवा दिने क्रममा नबिल बैंकले प्रविधिको प्रयोगलाई मुख्य प्राथमिकता दिँदै आएको छ। सरलीकृत बैंकिङ सेवा विस्तार गर्ने क्रममा उच्चतम प्रविधिको प्रयोग गर्दै आएको नबिल बैंकले नेपालमा पहिलोपटक कम्प्युटराइज्ड बैंकिङको सुरु गरेको थियो।

नबिलले सन् १९९४ मा पहिलोपटक एटीएम सर्भिसको सुरुआत गरेको थियो। त्यस्तैगरी सन् २०१२ मा पहिलोपटक मोबाइल बैंकिङको सुरु गरी मोबाइलबाट बैंकिङ सुविधा लिने प्रविधि भित्र्याइएको थियो।

नबिल बैंकले २०१४ मा अन्तर्राष्ट्रिय मास्टर कार्ड तथा डेबिट कार्डमा स्मार्ट चिप समावेश गरेको थियो। सन् २०१६ सालमा नबिलले कन्ट्याकलेस पेमेन्ट कार्ड नेपालमा पहिलोपटक ल्याएको थियो।

नबिलले पछिल्लोपटक सन् २०२२ सालमा एन बैंकको सुरुआत गरेर नेपालमा पहिलोपटक नियो बैंकिङको सुरु गरेको थियो।

देशकै अग्रणी बैंक

नबिल बैंक नेपालको एक अग्रणी बैंक हो। जसको कुल निक्षेप रु. ३७८ अर्ब तथा कुल कर्जा रु. ३४० अर्ब रहेको छ। नबिलले २० लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ।

त्यसैगरी देशभरिको शाखा विस्तार भई २६४ शाखा  र २९८ एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ। नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रुपमा काम गर्दै आएको छ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा