• होमपेज
  • वाणिज्य बैंक
  • पशुपति विकास कोषलाई प्रभु बैंकले दियो हाइड्रोलिक गाडी

पशुपति विकास कोषलाई प्रभु बैंकले दियो हाइड्रोलिक गाडी

  • बुधबार, असार २७, २०८०
पशुपति विकास कोषलाई प्रभु बैंकले दियो हाइड्रोलिक गाडी

प्रभु बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत पशुपति विकास कोषलाई हाइड्रोलिक गाडी हस्तान्तरण गरेको छ।

सोमबार ‍बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री सुदन किराँतीलाई गाडीको चाबी हस्तान्तरण गरेका हुन्।

१७ लाख रुपैयाँ बराबरको यो गाडी फोहोर उठाउनका लागि प्रयोग गरिने बताइएको छ। पशुपति क्षेत्रमा दैनिक सिर्जना हुने फोहोरजन्य सामाग्री व्यवस्थापनका लागि गाडीले थप सहयोग पुग्ने अपेक्षा बैंकले गरेको छ।

टाटाको एस हपर सिरिजको टिपर दैनिक संचालनका लागि एक चालकलाई पारिश्रामिक स्वरुप २५ हजार रुपैयाँ व्यवस्था गर्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले एक वर्षका लागि पारिश्रामिक वापत तीन लाख रुपैयाँ उपलबध गराउने मन्त्रालयले जनाएको छ।

बैंकले आउँदा दिनमा पनि मन्त्रालय र पशुपति विकास कोषसँगको सहकार्य गरेर अघि बढ्ने योजना बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले बताए। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा