• होमपेज
  • बीमा
  • प्रभु महालक्ष्मी लाइफको सीईओमा रमेशकुमार भट्टराईको नियुक्ति

प्रभु महालक्ष्मी लाइफको सीईओमा रमेशकुमार भट्टराईको नियुक्ति

  • आइतवार, असार २४, २०८०
प्रभु महालक्ष्मी लाइफको सीईओमा रमेशकुमार भट्टराईको नियुक्ति

नेपाल बीमा प्राधिकरणले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रमेशकुमार भट्टराईको नियुक्तिलाई स्वीकृति दिएको छ।

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार यही असार २९ गते हुने निर्णय भइसकेको छ। दुवै कम्पनीबीचमा २०७९ असार ३० गते मर्जरको प्रारम्भिक सहमति र २०८० जेठ ३ गते अन्तिम सहमति भएको थियो।

दुवै सम्झौतामा महालक्ष्मी लाइफका सीईओ रमेशकुमार भट्टराईलाई मर्जरपछिको आगामी ४ वर्षका लागि एकीकृत कम्पनीको सीईओ नियुक्ति गर्ने सहमति भएको थियो। दुवै सहमतिलाई प्रभु र महालक्ष्मी लाइफको गत जेठ २६ गते भएको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र बीमा प्राधिकरणले नियुक्ति स्वीकृति दिएको हो।

व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका भट्टराई महालक्ष्मी लाइफ इन्स्योरेन्सको स्थापनाकालदेखिको सीईओ थिए। २०३८ सालमा नेपाल बैंकको अधिकृतबाट बैंकिङ करिअर प्रारम्भ गरेका उनी विगत ४२ वर्षदेखि बैंक र बीमा क्षेत्रमा निरन्तर सेवारत छन्।

२०५२ मंसिर १५ गते वीरगन्जमा स्थापित महालक्ष्मी फाइनान्समा प्रथमपटक भट्टराई संस्थापक प्रमुख कार्यकारी अधिकृतका रुपमा नियुक्त भएका थिए। त्यसपछि निरन्तर नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ भई कार्यरत थिए।

विगत २८ वर्षदेखि निरन्तर कार्यकारी प्रमुखजस्तो नेतृत्वदायी भूमिकामा रहेका भट्टराईले कार्यरत सबै कम्पनीलाई सफल नेतृत्व प्रदान गरेकाले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई पनि उचाइमा पुर्याउने विश्वास गर्न सकिने कम्पनीले जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)