• होमपेज
  • प्रविधि
  • खल्तीबाट बिजुलीको बिल भुक्तानी गर्दा प्रदिप धितालले पाए मोटरसाइकल उपहार

खल्तीबाट बिजुलीको बिल भुक्तानी गर्दा प्रदिप धितालले पाए मोटरसाइकल उपहार

  • शुक्रबार, असार २२, २०८०
खल्तीबाट बिजुलीको बिल भुक्तानी गर्दा प्रदिप धितालले पाए मोटरसाइकल उपहार

सिन्धुपाल्चोक चौताराका प्रदिप धिताल विगत लामो समयदेखि डिजिटल वालेट खल्ती प्रयोग गर्दै आएका छन् । उनले आफ्नो अधिकांश कारोबार खल्तीको माध्यमबाट गर्दै आएका छन् । उनले बिगेस्ट पेमेन्ट जात्रा अफरमा कारोबार गर्दा भने पल्सर एन१६० मोटरसाइकल उपहार पाएका छन् । उनले खल्ती वालेट मार्फत् बिजुलीको भुक्तानी गर्दा मोटरसाइकल उपहार पाएको बताए ।

‘म लामो समयदेखि खल्ती वालेट प्रयोग गर्दै आएको थिए । कहिल्यै पनि यस्तो उपहार पाईन्, पाउने अपेक्षा पनि गरेको थिएन । कहिलेकाँही क्यास ब्याक आउँथ्यो,’ उनले भने, ‘तर, गत महिना घरको विजुलीको बिल खल्ती मार्फत् भुक्तानी गरेको थिए । अहिले मोटरसाइकल उपहार पाउँदा अचम्मित भएको छुँ । खुशी लागेको छ ।’

खल्ती डिजिटल वालेटले बिगेस्ट पेमेन्ट जात्रा अफर अन्तर्गत बिजेता धिताललाई शुक्रबार मोटरसाइकल हस्तान्तरण गरेको हो । शुक्रबार बजाजको टेकु शाखामा धिताललाई पल्सर एन १६० मोडलको मोटरसाइकल हस्तान्तरण गरेको खल्तीले जनाएको छ ।

खल्तीले गत जेठ १ गतेदेखि असार ३१ गतेसम्म २ महिनाको बिगेस्ट पेमेन्ट जात्रा अफर ल्याएको हो । सो अफरलाई २ महिनाको अवधिमा ४ वटा राउण्डमा छुट्याइएको छ । जसमध्ये जेठ १६ गतेदेखि जेठ ३२ गतेसम्मको दोस्रो राउण्डका बिजेता धिताललाई खल्तीले उपहारस्वरुप मोटरसाइकल हस्तान्तरण गरेको हो ।

यसअघि जेठ १ गतेदेखि जेठ १५ गतेसम्म पहिलो राउण्डका बिजेता सर्लाहीका बिटु कुमार साह कलवारलाई खल्तीले मोटरसाइकल हस्तान्तरण गरिसकेको छ ।

खल्ती मार्फत् भुक्तानी गर्दा मोटरसाइकल बिजेता हुँदा खुसी लागेको बिजेता धिताल बताउँछन् । मोटरसाइकल उपहार पाएपछि पहिलो यात्रा जन्मभूमि चौतारा सिन्धुपाल्चोक गर्ने उनले बताए ।

‘पहिलो यात्रा गाउँ (सिन्धुपाल्चोक) गर्छु । गाउँमा गएर सबै साथीभाई, आफन्तहरुलाई खल्ती एप प्रयोग गर्न भन्छु । खल्तीले यस्तो उपहार दिन्छ भनेर जानकारी गराउँछु,’ उनले खुशी हुँदै भने, ‘मैले पनि खल्तीले आफ्नै कर्मचारी र आफन्तहरुलाई मात्रै अफर र स्किम पार्छ होला भन्ने सोच बनाएको थिएँ । तर, आफूले मोटरसाइकल लक्कि ड्र मार्फत् उपहार पाउँदा गलत भ्रमलाई हटाएर विश्वास गर्न थालेको छु । हामी जस्ता सर्वसाधारण ब्यक्तिलाई पनि दिने रहेछ भन्ने विश्वास लागेको छ ।’

खल्तीका ब्राण्डिङ्ग म्यानेजर सागर श्रेष्ठले असार १६ गतेदेखि असार ३१ गतेसम्म चौंथो राउण्ड बाँकी नै रहेकाले अझै २ वटा मोटरसाइकल जित्न सकिने बताए । उनले जतिसक्दो खल्तीमार्फत् धेरै कारोबार गर्न आग्रह गरे ।

‘प्रत्येक राउण्डको अन्त्यमा एक जना भाग्यमानी प्रयोगकर्तालाई लक्की ड्र मार्फत् उपहार स्वरुप पल्सर एन १६० मोटरसाइकल बिजेताका लागि छनोट गरिनेछ, आज हामीले दोस्रो राउण्डका बिजेता धितालजीलाई मोटरसाइकल हस्तान्तरण गर्यौ,’ उनले भने, ‘अझै एउटा राउण्ड बाँकी छ, तपाईहरुले पनि २ वटा कारोबार गर्नु भयो भने पल्सर मोटरसाइकल जित्न सक्ने मौका रहेको छ ।’

साथै, अन्तिममा २ वटा बोनस राउण्डमा पनि बम्पर योजना अन्तर्गत मोटरसाइकल उपहाररहेको उनको भनाइ छ । समग्रमा कम्पनीले द बिगेस्ट पेमेन्ट जात्रा अवधिमा ५ वटा मोटरसाइकल उपहारस्वरुप प्रयोगकर्तालाई प्रदान गर्ने श्रेष्ठको भनाइ छ ।

कसरी हुने सहभागी ?

कम्पनीका अनुसार यस अफरमा सहभागी हुनका लागि द बिगेस्ट पेमेन्ट जात्रा अवधि भरी प्रत्येक दिन खल्ती एपभित्र जात्रा सेक्सन हुने छन् । जसको भित्र एउटा खुत्रुके देखिनेछ । प्रत्येक दिन खुत्रुकेलाई फुटाएर अन्य थप उपहार पनि प्राप्त गर्न सकिनेछ ।

साथै, नेपालमै पहिलो पटक खल्तीले डिजिटल स्क्र्याच कार्ड ल्याएको छ । प्रयोगकर्ताले १ सय रुपैयाँभन्दा बढी भुक्तानी गरेवापत एउटा स्क्रयाच कार्ड प्राप्त गर्नेछन् । कार्डलाई स्क्र्याच गरी सर्भिस कुप्पन, स्मार्ट वाच, एयर बड्स, फिल्म टिकेट लगायतका अन्य उपहार जित्न सकिने खल्तीले जनाएको छ । द बिगेस्ट पेमेन्ट जात्रा अवधिभरी ३ करोड स्क्र्याच कार्ड हुनेछन् । जसले जति धेरै भुक्तानी गर्यो सो प्रयोगकर्ताले धेरै स्क्र्याच कार्ड मार्फत् धेरै उपहार जित्न सक्ने खल्तीले बताएको छ ।

यदि १ सय रुपैयाँ भुक्तानीमा फण्ड लोड र बैंक ट्रान्सफर भने मान्य नहुने बताइएको छ । साथै, खल्तीबाट वल्र्डलिंकको बिल भुक्तानी गर्ने १ जना र हवाई टिकट खरिद गर्ने १ जना प्रयोगकर्ताले १÷१ वटा आइफोन १४ विशेष उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

साथै, विशेष उपहारमा खल्तीबाट बीमा प्रिमियम भुक्तानी गर्दा एक जनालाई स्मार्ट टिभी प्रदान गर्नेछ । यो अफर प्रत्येक हप्ता लागू भइरहेको कम्पनीको भनाइ छ । बिगेस्ट पेमेन्ट जात्रा अवधि भर खल्तीले ८ जना प्रयोगकर्तालाई ८ वटा स्मार्ट टिभी प्रदान गर्नेछ । साथै बम्फर प्राइजमा वनप्लस ११ पनि जित्ने मौका रहेको छ ।

साथै, अन्य बम्फर उपहारहरु आइफोन १४, वान प्लस ११, स्मार्ट टिभि जित्नका लागि सर्भिसको भुक्तानी २ महिनामा अफर अवधि भर कारोबार गरेको हुनु पर्नेछ ।

खल्तीको द बिगेस्ट जात्राको सबै अफर प्राप्त गर्न खल्ती आइडी केवासी भेरिफाइड भएको हुनु पर्नेछ । यदि केवाइसी भेरिफाइड भएको छैन भने मान्य नहुने खल्तीले बताएको छ । खल्तीले हरेक राउण्डको अन्त्यमा लाइभ मार्फत विजेता घोषणा गर्नेछ ।

खल्ती प्रतिनिधिले विजेतालाई कलमार्फत् पुरस्कार दाबी गर्ने प्रक्रियाका साथै आवश्यक कागजात, पुरस्कारमा लाग्ने कर र हस्तान्तरणको जानकारी गराउने छ । जानकारी पाएपश्चात् विजेताले खल्तीको प्रमुख कार्यलय बखुण्डोल वा अन्य खल्ती हबमा गई हस्तान्तरणको कानूनी प्रक्रिया पुरा गर्नु पर्नेछ । सो प्रक्रिया खल्तीको सबै अफरमा लागू हुनेछ ।

हालसम्म के कति उपहार दियो ?

खल्तीले हालसम्म ३ जना भाग्यशाली बिजेतालाई ३ वटा पल्सर एन१६० मोटरसाइकल हस्तान्तरण गरिसकेको छ । जसमध्ये २ जना खल्ती प्रयोगकर्ता सर्लाहीका बिटु कुमार साह कलवार र सिन्धुपाल्चोकका प्रदिप धिताल रहेका छन् । तेस्रो राउण्डको बिजेता घोषणा भएपनि मोटरसाइकल भने हस्तान्तरण गरिएको छैन । तेस्रो राउण्डका बिजेतालाई पनि केही दिनभित्रै मोटरसाइकल हस्तान्तरण गरिने ब्राण्डिङ्ग हेड श्रेष्ठले बताए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि