• होमपेज
  • प्रविधि
  • आइएमई पेको नयाँ अफरः रु. १ को खेल आइएमई पे एपमा

आइएमई पेको नयाँ अफरः रु. १ को खेल आइएमई पे एपमा

  • बिहिबार, जेष्ठ ११, २०८०
आइएमई पेको नयाँ अफरः रु. १ को खेल आइएमई पे एपमा

आइएमई पे ले ‘रु. १ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ।

जेठ १० गतेदेखि जेठ १७ गतेसम्म चल्ने यस अफरमा आइएमई पेका सम्पूर्ण प्रयोगकर्ताले केवल रु. १ मा सो खेल खेली सामसुङको ग्यालेक्सी ए–१४ ५जी स्मार्टफोन जित्ने मौका पाउन सक्नेछन्।

प्रयोगकर्ताले यो खेल आइएमई पे एपको होमपेजमा ‘रु १ मा के’ ब्यानरमा गई खेल्न सक्नेछन्। यस एकहप्ते अफरमा प्रयोगकर्ताले धेरै पटक रु. १ तिरी सो खेल खेल्न सक्नेछन्।

यस अफरको अन्त्यमा १ भाग्यशाली विजेताको घोषणा आइएमई पेको सामाजिक सञ्जालमार्फत हुनेछ। यसका साथै यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीको पैसा फिर्ता पनि गरिने जानकारी कम्पनीले गरेको छ।

Facebook Comments

सम्बन्धित समाचार