• होमपेज
  • वाणिज्य बैंक
  • सांग्रिला डेभलपमेन्ट बैंकले साइकल र्‍याली आयोजना गर्ने

सांग्रिला डेभलपमेन्ट बैंकले साइकल र्‍याली आयोजना गर्ने

  • बुधबार, जेष्ठ १०, २०८०
सांग्रिला डेभलपमेन्ट बैंकले साइकल र्‍याली आयोजना गर्ने

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर यही जेठ २० गते शनिबार डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्‍यालीको आयोजना गर्ने भएको छ।

बैंकले गत वर्षसमेत वातावरण दिवसका दिन पहिलो बृहत साइकल र्‍याली सफलतापूर्वक सम्पन्न गरेकोमा यस वर्षसमेत अझ सशक्तपूर्वक धेरैभन्दा धेरै सहभागिता जुटाई बृहत रुपमा सम्पन्न गर्ने लक्ष्यका साथ दोस्रोे ‘साइकल र्‍याली २०८०’ को आयोजना गर्न लागेको हो। ‘इन्धन जोगाऔँ, पृथ्वी बचाऔँ’ भन्ने मूल नाराका साथ आह्वान गरिएको यो साइकल र्‍यालीमा बैंकका कर्मचारी, गाहक, सेयरधनी एवं यस बैंकप्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुकहरुको उत्साहजनक सहभागिता भई सम्पन्न हुनेमा बैंक विश्वस्त रहेको छ।

साइकल र्‍याली बिहान ७ बजे बैंककै बालुवाटारस्थित केन्द्रिय कार्यालयको प्राँगणबाट सुरु भई लगभग १० किलोमिटरको यात्रापश्चात सानो गौचरणमा सम्पन्न गरिनेछ। यस साइकल र्‍यालीबाट सांग्रिला डेभलपमेन्ट बैंकले वातावरण प्रवर्द्धनप्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकलजस्तो वैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदूषण नियन्त्रणमा टेवा पुर्याउनका निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ। यसर्थ यस साइकल र्‍यालीमा सम्पूर्ण शुभेच्छुकहरुलाई सहभागिताको निम्ति नाम दर्ता गर्नसमेत यसै बैंकले आह्वान गरेको छ।

र्‍यालीमा सहभागी स्वयंले साइकल एवं अन्य आवश्यक उपकरणको व्यवस्था गर्नुपर्नेछ। र्‍यालीमा सम्पूर्ण सहभागीलाई वातावरण दिवसको चिनोस्वरुप बिरुवा प्रदान गरिनेछ।

यसैगरी र्‍यालीमा नाम दर्ता गर्ने पहिलो ३०० जनालाई टिसर्टको व्यवस्था गरिएको छ भने “लक्की ड्र” बाट एकजना भाग्यमानी सहभागीलाई साइकलसमेत वितरण गरिनेछ। साइकल र्‍यालीलाई विभिन्न क्षेत्रका संघसंस्थाहरुको समेत आ–आफ्नो तवरबाट सहयोग तथा साथ लिएर आयोजना गर्न लागिएको बैंकले जनाएको छ।

यस साइकल र्‍यालीको सम्पूर्ण विवरणको निम्ति बैंकको आधिकारिक बेवसाइट www.shangrilabank.com मा गई जानकारी लिन तथा दर्ता गर्नका लागि https://www.shangrilabank.com/cyclerally मा गई यथाशीघ्र दर्ता गर्नसमेत बैंकले आग्रह गरेको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि